
साधना लघुवित्तद्वारा लघुउद्यम प्रवद्र्धनका लागि ५ अर्ब ५० करोड लगानी
गोरखामा केन्द्रीय कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्थाले लघुउद्यम प्रवद्र्धनका लागि पाँच अर्ब ५० करोड लगानी गरेको छ । लघुउद्यम प्रवद्र्धनसँगै आर्थिक रुपान्तरण र उद्यमशीलताको विकासका लागि संस्थाको विभिन्न शाखाबाट ५९ हजार ऋणी सदस्यलाई ५ अर्ब ५० करोड लगानी गरेको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले बताए । आर्थिक वर्ष २०७९÷८० मा करिब एक लाख एक हजार सदस्य मार्पmत एक अर्ब ३२ करोड बचत संकलन गरेको उनले जानकारी दिए ।
गोरखा जिल्लामा रहेका नौ वटा शाखा कार्यालयबाट लद्युउद्यम व्यवसाय प्रवद्र्धनका लागि ७ हजार नौ सय ४८ जना ऋणी सदस्यमार्पmत ७१ करोड २९ लाख ३८ हजार ४८८ रुपैया कर्जा परिचालन गरेको सिइओ न्यौपानेले जानकारी दिए । उनका अनुसार गोरखामा १४ हजार तीन सय ९७ सदस्यमार्फत रु १७ करोड ५२ लाख ३० हजार रुपैया संकलन गरेको छ । जिल्लाभित्र रहेका नौ वटा शाखामा ८८ जना स्थानीयले रोजगारी पाएको समेत उनले बताए ।
त्यस्तै, गोरखामा रहेको नौ वटा शाखाबाट ९३ जनाले बार्षिक ८ प्रतिशतका दरले करिब १ करोड ५८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको न्यौपानेले जानकारी दिए । पुँजीको अभावमा आफ्नो व्यवसाय सञ्चालन हुन नसकेको व्यक्तिहरुलाई सहजरुपमा व्यापार व्यवसाय तथा उत्पादन क्षेत्रमा लाग्न र स्थानीय स्तरमा रोजगारी सिर्जना गर्न लद्युउद्यमी यूवाहरुलाई सहुलियत दरमा कर्जा प्रवाह गरेको उनले बताए ।
संस्थाले हरेक सदस्यहरुको सुखमा अनि दुखमा हातेमालो गर्दै आर्थिक बर्ष २०७८÷०७९ मा वित्तीय संस्थाले ११७ ग्राहक सदस्यको मृत्युमा करिब एककरोड नौलाख रुपैयाँ कर्जा मिनाहा, ३४ जना सदस्यलाई उपचार खर्च एक लाख ७० हजार कर्जा उपभोग नगरेका ग्राहकको २३ जनालाई ६९ हजार सुत्केरी स्याहार खर्च ४८४ जनालाई रु ७ लाख २६ हजार र १० जनालाई रु ५० हजार पुनस्र्थापना खर्च प्रदान गरेको न्यौपानेले जानकारी दिए ।
भौगोलिक रुपमा पछाडि रहेको हिमाली जिल्लाको रुपमा चित्रित यस गोरखा जिल्लालाई लघुउद्यम व्यवसायको बिस्तारमार्फत् समुन्नत, सुदृढ र सफल बनाउने उद्देश्यले बि.सं. २०७४ मंसीरमा समृद्धिमा संगसंगै भन्ने मुल नाराका साथ साधना लघुवित्त वित्तीय संस्था स्थापना भएको हो । गोरखा जिल्लालाई केन्द्रमा राखी गोरखाको हरमटारी, पालुङ्टार, बारपाक, मनकामना, घैरुङ, घ्याम्पेशाल र नयाँसाघु शाखा कार्यालय गरी ९ वटा शाखा कार्यालयको स्थापना गरी गोरखाबासीलाई वित्तीय सेवा प्रवाह गरिरहेको छ ।
नेपाल राष्टू बैंकबाट ईजाजत प्राप्त ‘घ’ बर्गको राष्टिूय स्तर कार्य क्षेत्र भएको साधना लघुवित्त वित्तीय संस्था ५ प्रदेशका ३१ जिल्लामा ९३ बटा शाखा कार्यालयबाट बचत, कर्जा विमा, तालिम तथा विप्रेशण लगायतका वित्तीय सेवाहरु प्रत्यक्ष रुपमा प्रदान गर्दै आइरहेको छ । गोरखामा केन्द्रीय कार्यालय रहेको वित्तीय संस्थाको चुक्ता पुँजी रु ३२ करोड १२ लाख २५ हजार रहेको छ भने अधिकृत पुँजी ५० करोड रुपैया रहेको छ ।
संस्थाबाट हरेक वर्ष वित्तीय साक्षरता अभियान, बिभिन्न सामाजिक संस्थाहरुलाई खाद्यान्न सहयोग, सरकारी तथा गैह्रसरकारी कार्यालयहरुलाई युरो गार्ड फिल्टर, कुर्सी बितरण साथै स्वास्थ्य सामग्रीको वितरण लगायतका कार्यहरु पनि गर्दै आएको संस्थाले जनाएको छ । लघुवित्त कार्यक्रमले ग्राहक सदस्यहरुमा वचत गर्ने बानीको विकास गर्ने, फजुल खर्च घटाउन प्रेरणा दिने, स्थानीय स्तरमा नै लघुउद्यमी बनाउन प्रेरित गर्दै आइरहेको छ ।
बिपन्न र गरिबीको रेखामुनि रहेका नागरिकको जीबनशैली र वित्तीय अबस्थामा सुधार गरी गरिबी न्यूनीकरण गर्ने, प्रत्यक्ष, परोक्ष रुपमा ग्रामीण र दुरदराजमा वित्तीय सेवाहरु प्रवाह गर्न, वर्तमान अवस्थामा वित्तीय क्षेत्रहरुमा देखिएको तरलता अभावको समस्यालाई दिगो रुपमा समाधान गर्न र ग्रामीण क्षेत्रमा कृषिमा आधुनिकीकरण र व्यवसायीकरण, पर्यटन पूर्वाधारको विकास गरी स्थानीय स्तरमा नै सक्रिय आर्थिक क्रियाकलाप गर्न लघुवित्त कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गरेको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले जानकारी दिए ।




