
तिजको दिन पालुङटार नगरपालिकामा सार्वजनीक बिदा
गोरखाको पालुङटार नगरपालिकाले हरितालिका तिजको दिन सार्वजनीक बिदा दिएको छ ।
शुक्रवार बसेको नगरकार्यपालिकाको बैठकले भदौ १४ गते तिजको दिन सार्वजनीक बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत गौतम भण्डारीले बताए । उनले एक सुचना जारी गर्दै तिजको दिन मंगलवार सार्वजनिक बिदा हुने बताएका छन् ।





