| मङ्लबार, कार्तिक २४, २०८३

साकोसको चौथो कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न

गोरखामा नेफ्स्कुन संस्थामा आवद्ध रहेको सहकारी संस्थाहरुको चौथो कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न भएको छ । गोरखकाली बचत तथा ऋण सहकारी संस्थाको आयोजना, नेपाल बचत तथा ऋण सहकारी संस्था(नेफ्स्कुन) को प्राविधिक सहयोगमा एक दिने वर्कसप कार्यक्रम भएको हो ।

कार्यक्रममा साकोसमा आवद्ध प्रोवेसन गण्डकी क्लष्टर तेस्रो समूहमा रहेको सहकारी संस्थाहरुको कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रममा कास्की जिल्लाका ९ वटा, म्याग्दीका एकवटा र गोरखाको गोरखकाली साकोसले हालको अवस्था र प्रत्येका तीन÷तीन महिना भएको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सो क्रममा नेपाल बचत तथा ऋण सहकारी संस्था(नेफ्स्कुन) का वरिष्ठ तालिम अधिकृत भरत न्यौपानेले सबै साकोसहरुमा उठका समस्या र जिज्ञासाहरुको सहजीकरण गरेका थिए ।
नेपाल बचत तथा ऋण सहकारी संस्था(नेफ्स्कुन)द्वारा संचालिकत पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम(प्रोवेसन) गोरखाको श्री गोरखकाली बचत तथा ऋण सहकारी संस्था पनि विगत ६ महिना देखि सहभागिता भएको जनाएको छ ।

कार्यक्रममा सबै साकोसहरुले नीति तथा कार्यविधि बनाई लागु गर्नुपर्ने, नियमक निकाय तथा सहकारी विभागले जारी गरेको निर्देशन अनिवार्य पालना गर्नुपर्ने लगायत विषयबस्तु कार्यशालाबाट पारित गरेको जनाएको छ । त्यस्तै, आगामी पाँचौ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला मंसिर २३ गते सरल नमूना बचत तथा ऋण सहकारी संस्था पोखराले संचालन गर्ने निर्णय भएको छ ।

सोहि कार्यक्रममा गोरखकाली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुजन कुँवरले अहिले सहकारी संस्थाहरुले गलत अभ्यासका कारण आर्थिक कारोबार हिनामिना हुने गरेको बताए । सहकारी संस्थाहरु व्यावसायिक रुपमा संचालनका गर्न नीतिनियमलाई आधारमा रहेर मात्रै चल्नुपर्ने उनको भनाइ छ ।

गोरखकाली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुजन कुवरको अध्यक्षता जिल्ला समन्वय समितिको प्रमुख आतिथ्यतामा भएको गोरखा नगरपालिका वडा नं ९ का वडा अध्यक्ष कुलबहादुर कँुवर, जिल्ला सहकारी संघ गोरखाका अध्यक्ष बाबुराम कोइराला, नेपाल बचत तथा ऋण सहकारी संस्था(नेफ्स्कुन) का वरिष्ठ तालिम अधिकृत भरत न्यौपाने, आयोजक सहकारीका उपाध्यक्ष तारा बस्नेत मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्