
साधना लघुवित्तद्वारा गोरखाका ९३ जना यूवालाई सहुलियत कर्जा बितरण
गोरखामा प्रधान कार्यालय रहेको साधन लघुवित्त वित्तिय संस्था लिमिटेडले जिल्लामा ९३ जनालाई सहुलियत कर्जा बितरण गरेको छ । ‘युवा स्वरोजगार सहुलियत कर्जा अन्तरगत ८ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गरिएको हो’ साधन लघुवित्तका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले भने ‘नियमित ब्याज र सावाँ तिर्नेहरुलाई तिरेको ब्याजको ६० प्रतिशत रकम फिर्ता हुनेछ ।’
नियमित ब्याज र साँवा तिर्नेहरुले अन्तिम सम्म करिब तीन दशमलव पाँच प्रतिशतमा रकम प्रयोग गर्न पाउँछन् । शुक्रवार गोरखा सदरमुकाममा आयोजित एक कार्यक्रमका बिच प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले ३२ जनालाई प्रतिब्यक्ति दुई÷दुई लाखका दरले कर्जा रकम हस्तान्तरण गरेका हुन् ।

साधनु लघुवित्तले यो सहित गोरखा नगरपालिका, पालुङटार, बारपाक, मनकामना, घैरुङ्ग, घ्याम्पेशाल र नयाँसाँघु शाखा मार्फत ९३ जना लघुउद्यमी युवाहरुलाई कर्जा उपलब्ध गराएको प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले बताए ।
‘एक करोठ ५८ लाख रुपैयाँ कर्जा प्रवाह गरिसकेका छौँ’ उनले भने । प्रमुख कार्य कारी अधिकृत न्यौपानेको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यको प्रमुख आथित्यतामा भएको कार्यक्रममा प्रहरी निरीक्षक हिमनाथ घिमिरे, लघुबित्तका सहायक महाप्रबन्धक सरिता ढकाल, लघुबित्तका किरण श्रेष्ठ लगायतले धारणा राखेका थिए । सोही क्रममा सहभागीलाई बित्तिय साक्षरता संम्बन्धी जानकारी पनि गराइएको थियो ।




