
भिमसेनमा हेलो अध्यक्ष प्रत्यक्ष बिधार्थी संबाद कार्यक्रम
गोरखाको भीमसेन थापा गाउँपालिकामा हेलो अध्यक्ष प्रत्यक्ष विद्यार्थी संवाद कार्यक्रम भएको छ ।
गाउँपालिकाको आयोजनामा शुक्रबार वडा नम्बर १ स्थित बिन्द्रावती माध्यामिक बिधालयमा हेलो अध्यक्ष प्रत्यक्ष सम्बाद कार्यक्रम भएको हो । पालिका भित्रका बिधालयको समस्या र सिकाईलाई प्रभावकारी बनाउन र बिधार्थीहरुको गुनासो, जिज्ञासा तथा शैक्षिक सुधारका लागि सुझाव संकलनका लागि गाउँपालिका हेलो अध्यक्ष प्रत्यक्ष संवाद कार्यक्रम सुरु गरेकोे गाउँपालिकाले जनाएको छ ।
कार्यक्रममा विद्यार्थीहरुले विद्यालयमा निर्मित हरेक भौतिक संरचना अपाङमैत्री हुनुपर्ने, विद्यालयलाई हरियाली र वातावरणमैत्री बनाउन र विद्यालयको शैक्षिक अवस्था सुधार गर्न पालिकाले विशेष पहल गनुपर्ने बताएका थिए । छलफलममा विद्यालयमा अध्ययनरत कक्षा ८ देखि १२ सम्मका बिधार्थीहरुको सहभागिता थिए ।
प्रत्यक्ष संबाद कार्यक्रममा अध्यक्ष लोकप्रसाद बन्जराले विद्यार्थीले राखेको मागहरु सम्बोधन गर्ने र शिक्षण सिकाईलाई थप प्रभावकारी बनाउन निरन्तर लागिपर्ने बताए । कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष अमृतादेवी वस्ती (भट्ट) गाउँपालिका सामाजिक बिकास शाखाका संयोजक नारायण श्रेष्ठ, वडा नम्बर १ का वडाध्यक्ष बिकास श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।




