
गोरखामा एक युवक इनारमा डुबेर मृत्यु
गोरखामा एक युवक इनारमा डुबेर मृत्यु भएको छ । पालुङटार नगरपालिका वडा नम्बर ७ स्थि च्याङ्लीका २९ वर्षीय प्रेम बहादुर कुमालको घर नजिकैको इनारमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
हिजो साँझदेखि घरपरिवारको सम्पर्कमा नरहेको उनलाई आज विहान इनारमा डुबेको अवस्थामा मृत फेला परेको डिएसपी लिलाराज लामिछानेले बताए ।
मृतक कुमालको शव पोष्टमार्टमका लागि गोरखा अस्पताल ल्याएको उनले बताए ।




