
‘जनताको साथमा नेपाली कांग्रेस’ अभियान गोरखामा सुरु
जनताको साथमा नेपाली कांग्रेस अभियान गोरखामा बिहिवारदेखि सुरु भएको छ । देशब्यापी अभियान सुरु गर्ने केन्द्रिय समितिको योजना र निर्देशन अनुसार गोरखामा पनि सुरु भएको जिल्ला सचिव किशोरजंग थापाले बताए ।
जिल्ला सभापति नन्दप्रसाद न्यौपानेको अध्यक्षता एवं केन्द्रबाट खटिएर आएका प्रतिनिधि केन्द्रीय सदस्य ध्रुब वाग्लेको प्रमुख आथित्यतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । अभियान सुभारम्भको पहिलो दिन नै वडा÷वडामा प्रतिनिधि खटाइएको जिल्ला सभापति न्यौपानेले बताए ।
वडामा खटिएका प्रतिनिधिले गाउँ, टोलमा पुगेर कार्यकर्ता, मतदाताहरुलाई भेट्ने, मताधिकारको प्रयोग गर्न अपिल गर्ने, कार्यक्रमहरुको बारेमा बताउने, सहभागीताकालागि अनुरोध गर्ने गरी कार्यक्रम तय भएको उनले बताए ।




