| सोमवार, कार्तिक २३, २०८३

गोरखाको तीनकिलोमा स्कुटर र बोलेरो ठोक्कियो

गोरखा आँबुखैरेनी सडक खण्डको गोरखा नगरपालिका १३ तीनकिलोमा दुर्घटना हुँदा एक जना घाईते भएका छन् ।


आँबुखैरेनी जाँदै गरेको ग ३ च ८२८० नम्बरको बोलेरो र आँबुखैरेनीबाट गोरखा तर्फ आउँदै गरेको बा ६३ प २८५६ नम्बरको स्कुटर एक आपसमा ठोक्किएको हो ।

दुर्घटनामा परी स्कुटर चालक गोनपा १३ बस्ने वर्ष ३७ का अमृत परियार घाईते भएको छन् ।
घाईते परियारलाई उपचारकालागि चितवन पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले बताए ।

प्रतिक्रिया दिनुहोस्