| मङ्लबार, कार्तिक २४, २०८३

बारपाक–लाप्राक सडक खण्ड खुल्यो, साना गाडी चल्न थाले

बर्खाका बेला क्षतविक्षत भएको गोरखाको बारपाक–लाप्राक सडकखण्ड सुचारु भएको छ । मनसुन कमजोर हुदै गएपछि मंगलबार बिहानदेखि अस्थायी रुपमा सडक सञ्चालन गर्न थालेको हो ।

सो सडकखण्ड सुचारु गराउन गुप्सीपाखामा ढल निर्माणको काम गरिरहेको घिसिङ बिल्डर्स प्रालिका प्रतिनिधि मुलाल गुरुङले बताए । लाप्राक एकीकृत नमूना बस्तीमा ढल व्यवस्थापनको जिम्मा लिएको घिसिङ बिल्डर्स प्रालिले पहिरिएको बाटो तत्काल अस्थायी रुपमा खुल्ला गरेको हो ।

May be an image of mountain, nature and tree

लगातारको बर्षा र पहिरोका कारण विगत दुई÷तीन महिनादेखि बाटो बन्द भएको थियो । बाटो बन्द हुँदा स्थानीय आवतजावतसँगै खाद्यान्न लगायतका सामाग्री ढुवानी गर्न पाएको थिएन् । ‘अहिले हामीले तत्काल अस्थायी रुपमा बाटो खुल्ला गरेका हौँ । अव दशै पनि आउन लाग्यो मानिसहरु आउजाउ गर्नुका साथै खाद्यान्न ढुवानी गर्नुपर्ने हुन्छ,’ कम्पनीको तर्पmबाट सडक निर्माण नेतृत्व लिएका तथा स्थानीय मुलाल गुरुङले भने, ‘गाउँमा कोही विरामी पर्दा एम्बुलेन्समा ल्याउनु पर्ने हुन्छ । पैसा भएकाहरुले हेलिकप्टरमा लैजान्छ । आर्थिक अवस्था कमजोर भएकाहरुले त्यसो गर्न सक्दैनन, त्यसैले अहिले सबैका लागि बाटो अत्यन्तै आवश्यक छ ।’

एकीकृत नमूना बस्तीमा निर्माण भइरहेको ढल व्यवस्थापन आयोजनाका लागि सामाग्री ढुवानीका लागि पनि बाटो खुल्ला गरिएको गुरुङले बताए ।

May be an image of mountain and tree

५÷६ दिनको लगातारको प्रयासपछि बाटो खुल्ला गरिएको गुरुङले जानकारी दिए । ‘बारपाकदेखि लाप्राकसम्मको मुख्य तीनवटा टर्निङको ठूलो पहिरो गएको रहेछ । बारपाकमाथि टावर नजिकैको डाँडामा र सुनान डाँडा र चौतारा नजिककै ठूलो पहिरो गएको छ । अहिले तत्काल साना तथा ठूला सवारी साधन गुड्न मिल्ने गरी बाटो बनाएका छौँ’, उनले भने । यसका लागि करिब सात आठ लाख खर्च भएको उनले बताए । नियमित रुपमा बाटो बनाउनका लागि एउटा डोजर तयारी अवस्थामा राखिएको पनि उनले जानकारी दिए ।

May be an image of tree and road

बारपाक–लाप्राक सडकखण्ड खुल्ला भएसँगै लाप्राक, गुम्दा, सिङ्लाका स्थानीयहरु आवतजावत गर्न सजिलो हुने उनले बताए ।

त्यस्तै, हाल बारपाकसम्म साना गाडीहरु मात्रै आवतजावत गर्दै आएको छन् । राङरुङ र मान्द्रेको बीचमा केही ठाउँमा पहिरो गएका कारण ठूला सवारी साधन जान नसकेको स्थानीय राजेन्द्र गुरुङले बताए । पहिरोका कारण बाटो धरापमा रहेको र साना सवारी साधन मात्रै चलिरहेको उनको भनाइ छ ।

पहिरोका कारण धरापमा रहेको सडक केही दिन पश्चात मर्मत गर्ने ११ किलो छेपेटार भालुस्वाँरा बारपाक सडक योजना कार्यालय गोरखाका प्रमुख पशुपति ज्ञावालीले बताए । ‘अहिले बारपाकसम्म ठूलो गाडी चलेको छैन । सानो गाडी मात्र चलिरहेको छ । राङरुङ माथि एक÷दई ठाउँमा पहिरो गएको र बाटो निकै खराब छ भन्ने कुरा आएको छ । त्यसैले ठूलो गाडी चलेको छैन’, उनले भने, ‘तर यदि पानी परेन भने दशैँसम्म बारपाक सम्म बस चल्ने गरी भदौ १५ गते पछाडि कार्यालयबाट बाटो सफा गरिदिन्छौ ।’

तस्बिर : रनबिर गुरुङको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस्