| आइतवार, कार्तिक २२, २०८३

गुम्दा आलु मेलामा उहिया भलिबल टिम पहिलो

धार्चे गाउँपालिका–५ गुम्दामा भएको ऐतिहासिक आलु मेला उहिया भलिबल टिम प्रथम भएको छ । गुम्दा एकता युवा क्लवको आयोजनामा भदौ १ गतेबाट सुरु भएको आलु मेला पाँच गते सम्पन्न भएको हो ।

जिल्ला अन्तर क्लपस्तरीय भलिबल प्रतियोगितामा उहिया क्लव प्रथम स्थान हासिल गर्न सफल भएका छन् । प्रमथ हुने टिमलाई नगद ५५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्रले सम्मान गरिएको क्लव अध्यक्ष सुक बहादुर गुरुङले बताए । प्रतियोगितामा पन्चकन्या युवा क्लव बारपाक सुलिकोटका ओलाचुङका दोस्रो र बारपाक सुलिकोट गाउँपालिका बारपाक क्लव तेस्रो भएका थिए । उनीहरुलाई व्रmमश नगद ४० हजार र ३० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र दिएको उनले जानकारी दिए । पुरुष तर्फको भलिबल प्रतियोगिताका कुल २१ टिमको सहभागिता रहेको थियो ।

यस्तै, महिला भलिबल प्रतियोगितामा बारपाक सुलिकोट गाउँपालिकाको ओलाचुङ युवा क्लव प्रथम भएको छ । आयोजक टिम गुम्दा एकता युवा क्लव दोस्रो र बारपाक सुलिकोट गाउँपालिकाको ओलाचुङ युवा क्लव तेस्रो भएको अध्यक्ष गुरुङले बताए । प्रथम, दोस्रो र तेस्रो भएका टिमलाई क्रमश नगद १५, १० र ८ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र वितरण गरिएको उनले जानकारी दिए । महिला तर्फको भलिबल प्रतियोगितामा कुल पाँच टिम सहभागिता रहेको थियो ।

भलिबल प्रतियोगितामा पुरुष तर्पmबाट पन्चकन्या युवा क्लवका कविराज सुनार र महिला तर्फबाट एकता युवा क्लव गुम्दाका सुनिता गुरुङ उत्कृष्ट खेलाडी चुनिएका थिए । सुनारले नोकिया स्व्रmृन टच मोबाइल एक सेट र गुरुङले किप्याड मोबाइल एक सेट प्राप्त गरेका छन् । गोरखकाली मोबाइल ल्यापटक मर्मत तथा मोबाइल विक्री केन्द्रका संचालक सन्दिप ढकालले उक्त पुरस्कारलको प्रयोजन गरेको हो । भलिबल प्रतियोगितामा रमेश श्रेष्ठ र अमृत गुरुङ रेफ्रीको भूमिका निभाएका थिए ।

त्यस्तै, क्लवद्धारा आयोजित रनिङ नाँचमा धार्चे–३ उहियाको सन्त बहादु घले पहिलो, धार्चे–४ लाप्राकका राज कुमार गुरुङ दोस्रो र धार्चे–५ गुम्दाका विकास गुरुङ तेस्रो भएका छन् । उनीहरुलाइ क्रमश १२ सय, एक हजार, आठ नगद सहित मेडल, प्रमाण पत्रले सम्मान गरिएको अध्यक्ष गुरुङले जानकारी दिए ।

मेलामा मुख्य आकर्षको रुपमा आलु खाने प्रतियोगिता समेत भएको थियो । सोे प्रतियोगितामा धार्चे गाउँपालिका वडा नं ५ यामगाउँका राज गुरुङ पहिलो भएको क्वलले जनाएको छ । दोस्रो धार्चे–४ लाप्राकका ब्रुसली गुरुङ र तेस्रो धार्चे–३ उहिया दुङलाका सुर्यमान गुरुङ भएको क्लवका अध्यक्ष गुरुङले जानकारी दिए । उनीहरुलाई क्रमश नगद दश, आठ र छ हजार सहित मेडल र प्रमाण पत्रबाट पुरस्कृत गरिएको उनले बताए ।
त्यस्तै ऐतिहासिक आलु मेलामा स्थानीयस्तरमा उत्पादित आलु समेत प्रर्दशन गरिएको थियो । मेलामा आलु प्रदर्शन गरेका स्थानीय तिस माया गुरुङ, राजकुमारी गुरुङ र सुक माया गुरुङ प्रमाणपत्रले सम्मान गरिएको क्वलले जनाएको छ ।

त्यस्तै, धार्चे गाउँपालिकाको तर्फबाट सोहि प्रतियोगिताबाट भलिबल तर्पmबाट सात जना खेलाडी नर्वौ राष्टिूय खेलकुद प्रतियोगिताका लागि छनौट गरिएको छ । पुरुषबाट तीन र महिलाको तर्फबाट चार जना गरी सात जना खेलाडी छनौट गरिएको हो ।

कार्यक्रममा पुर्व खेलाडीहरु राम बहादुर सुनार, लोक बहादुर गुरुङ, सोम प्रसाद गुरुङ, धन बहादुर सुनार, भिमप्रसाद गुरुङ लगायतका सम्मान गरिएको गरिएको क्वलका अध्यक्ष सुक बहादुर गुरुङले जानकारी दिए । सोहि कार्यक्रमको अवसरमा गाविसका पुर्व उपाध्यक्ष मिन बहादुर गुरुङ र पुर्व गाउँजनसत्ता प्रमुख सापुर गुरुङलाई पनि प्रमाणपत्र सहित सम्मान गरिएको उनले बताए ।
कार्यक्रमका संयोजक मिन बहादुर सुनारले मेलालाई सहजीकरण गरेका थिए ।

गुम्दा एकता युवा क्लवका अध्यक्ष गुरुङको अध्यक्षता तथा वडा अध्यक्ष भिम प्रसाद गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशेष अतिथि लोक बहादुर गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

यहाँका मुख्य खाद्यान्न बालीका रुपमा रहेको आलुलाई बजारीकरण गर्नका लागि आलु मेला संचालन गरिएको अध्यक्ष गुरुङले जानकारी दिए । धार्चेका गुम्दा, लाप्राक लगायतका क्षेत्रमा आलु पकेट क्षेत्र घोषण गरिएको छ । हाल गुम्दामा स्थानीयस्तरमा उत्पादित आलुबाट आलु चिप्स बनाउन थालिएको छ । गुम्दा कृषक समूहले आलु चिप्स बनाउन सुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस्