| सोमवार, कार्तिक २३, २०८३

सर्भेसुलभ सहकारीद्धारा स्थानीय उत्पादनलाई बजारीकरणसँगै डिजिटल कारोबारमा जोड

धार्चे गाउँपालिका वडा नं ४ स्थित लाप्राकमा सर्भे सुलभ बहुउद्देश्यीय सहकारी संस्थाले प्रारम्भिक साधारण सभा सम्पन्न गरेको छ । स्थानीय उत्पादनलाई सहकारी मार्फत बजारीकरणमा जोड दिने प्रतिबद्धतासँगै सहकारीको साधारण सभा सम्पन्न भएको हो ।

कार्यक्रममा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सन्त बहादुर गुरुङ हाल सम्मको आयव्यय सार्वजनिक गर्नुसका साथै सहकारीको आगामी नीति तथा कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।

सो निती तथा कार्यक्रम अन्तरगत सहकारीले स्थानीय स्तरमा उत्पादित कृषिजन्य बस्तुलाई एग्रो टुरिज्मसँग जोडेर काम गर्ने साथै ति बस्तुहरुलाई भण्डारण, प्याकेजिङ, लेबलिङ र टेर्डमार्क तथा बजारीकरणमा जोड दिने गुरुङले बताए । स्थानीय सरकार र प्रदेश सरकारको सहलगानीमा दाते, ओखर, खुर्पानी रोप्ने र तितेपाती, सिस्नुको प्रशोधन गर्ने बताए ।

त्यस्तै, आधुनिक युगमा प्रविधिले फड्को मारेको अवस्थामा ग्रामीण क्षेत्रमा स्थापना भएको सहकारी संस्थाहरुको आर्थिक कारोबार समेत डिजिटल प्रविधि लैजानका लागि मोबाइल बैकिङ सेवालाई जोड दिइने जनाएको छ । डिजिटल धार्चे निर्माण गर्ने उद्देश्य अन्तरगत सहकारी संस्थाले एप्स निर्माण गरी मोबाइल बैकिङ सेवा सुरु गरिसकेको छ ।

सहकारी संस्थाका अध्यक्ष गुरुङको अध्यक्षतामा भएको वडा सदस्य मान बहादुर गुरुङ, कार्यपालिका सदस्य पस्विना गुरुङ, राम बहादुर गुरुङ लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्