| मङ्लबार, कार्तिक २४, २०८३

गोरखामा जेसीजको क्षेत्र ख सम्मेलन शुक्रवारदेखि सुरु, उल्लेखनीय काम गर्नेहरु सम्मानित

नेपाल जेसीजको आयोजनामा शुक्रवारदेखि गोरखा सदरमुकाममा जेसीज क्षेत्र ख सम्मेलन सुरु भएको छ । सम्मेलनको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका हुन् ।

सम्मेलनको उद्घाटन कार्यक्रममा सहभागी हुन दाहाल हेलिकप्टरबाट गोरखा आएका थिए । कार्यक्रममा बोल्दै उनले युवाहरुको नेतृत्व बिकास र सामाजिक काममा जेसीजको भूमिकाको उनले प्रशंसा गरे । आफु जेसीजसँग नजिक रहेको र निरन्तर सहकार्य, सहयोग गर्न तत्पर रहेको उनले बताए ।

गोरखा एउटा ऐतिहासिक जिल्ला भएको र इतिहासमा गोरखा र यहाँको राजाको नेतृत्वमा जनताले खेलेको भूमिकाको कारणले आज गर्व गर्ने स्थानमा रहेको उनले बताए । ‘संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको अभियान गोरखाबाट मेरो नेतृत्वमा भएको थियो भनेर मलाई गर्वको महशुस हुन्छ’, उनले भने, ‘केन्द्रिकृत राज्य निर्माण गर्नमा मात्र होइन लोकतान्त्रिक गणतन्त्र स्थापनामा पनि गोरखा जिल्लाको योगदान निकै नै ठूलो छ । यस अर्थमा गोरखाले खेलेको भूमिकाले हामी सबैले सम्मान गर्नुपर्दछ ।’

कार्यक्रममा जेसीजले युवा नेतृत्व विकासमा खेलेको भूमिका आसाधारण रहेको र सामाजिक रुपान्तरण र अनुशासित नेतृत्व प्रणालीमा निर्माण गर्नमा पनि महत्पुर्ण भूमिका खेलेको उनले बताए । एउटा तटस्थ संस्थाको रुपमा रही अनुशासित समाज निर्माण सकारात्मक योगदान दिएको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पनि अत्यन्तै राम्रो सम्बन्ध स्थापित गर्न सफल भएको अध्यक्ष दाहालले बताए । कार्यक्रम गोरखा संग्रहालय परिसरमा भएको हो ।

नेपाल जेसीसका उपाध्यक्ष सुनील तिमिल्सिनाको अध्यक्षता तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गोरखा जेसिज गोरखाका शाखा अध्यक्ष शेलैन्द्र भट्ट, नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष लालमणी भण्डारी, जेसीज सम्मेलनका निर्देशक भगवानबाबु मास्के, गोरखा नगरपालिकाका निवर्तमान प्रमुख राजनराज पन्त, नेपाली काँग्रेसका जिल्ला सभापति नन्दप्रसाद न्यौपाने, गोरखा नगरपालिका उपमेयर मसली माया थोकर, मातृत्व शाखा पोखरा जेसिजका शाखा अध्यक्ष मिनराज खड्का, नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरी सापकोटा, नेपाल जेसिजका पूर्व राष्ट्रिय अध्यक्ष दिनेश कोइराला, नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष लालमणी भण्डारी लगायत मन्तव्य राखेका थिए ।

कार्यक्रममा नेपाल जेसिजका पूर्व र वर्तमान पदाधिकारीहरु, नेपाल जेसिज क्षेत्र ‘ख’ का ३९ वटा शाखा र जुनियर जेसिजका ४ वटा शाखा गरी ४३ वटा शाखाबाट सहभागी रहेको सम्मेलनका उपनिर्देशक शरण श्रेष्ठले बताए । सम्मेलनमा क्षेत्र क, ग, घ का प्रतिनिधिहरु पनि सहभागी रहेका उनले बताए । कार्यक्रममा जेसिज क्षेत्र ख का ३९ वटा शाखाका र जुनियर जेसिज शाखाका अध्यक्ष तथा पदाधिकारीहरुलाई निपूर्ण बनाउन नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम संचालन हुने उनले जानकारी दिए । त्यस्तै, गोरखा जिल्लाको ऐतिहासिक, धार्मिक महत्वका सम्पदाहरुको प्रचार प्रसार गर्न, जिल्लाको पर्यटन प्रवद्र्धनका साथै यहाँको साँस्कृतिक, भेषभुषा आदिको प्रवद्र्धनमा सम्मेलनले योगदान गर्ने उनले बताए ।

गोरखा जेसिजको आतिथ्यतामा चौथौ पटक उक्त कार्यक्रम गोरखामा भएको हो । यसअघि सन १९९३, १९९८ र २०११ मा पनि क्षेत्रस्तरको सम्मेलन गोरखामा भएको थियो । सम्मेलनमा युवाहरुको नेतृत्व र
कार्यक्रमाम अधिकांश वक्ताले युवाहरु राजनीतिकमा आउनुपर्ने र अब देशको नेतृत्व युवाले गर्नुपर्ने बताएका थिए । उद्घाटनपछि शुक्रवार थिम सेमिनार सुरु भएको छ । शनिवार शान्ति ¥याली, जनरल एसेम्ली, काउन्सीलर बैठक र तालिम संचालन सँगै समापन हुने निर्देशक भगवानबाबु मास्केले बताए ।

जेसिज कार्यक्रम उद्घाटन लगत्तै संग्रहालय परिसरमा अध्यक्ष दाआलले गोरखाका नेता कार्यकर्तासँग भेटघाट गरेका थिए ।

जेसीजद्वारा बिभिन्न क्षेत्रका ब्यक्तिहरुलाई सम्मान

नेपाल जेसीजको आयोजनामा गोरखामा शुक्रवारबाट सुरु भएको ‘क्षेत्र ख’ सम्मेलनमा जेसीजले बिभिन्न क्षेत्रका ब्यक्तिहरुलाई सम्मान गरेको छ । गोरखा आरुघाटकी हिमाल आरोही पूर्णिमा श्रेष्ठ, एसईईमा चार जिपिए ल्याई सफल द ओल्ड क्यापिटल माविकी मनिसा सिर्मल, जनप्रतिनिधि बनेका जेसीज सदस्यहरु गोरखा नगरपालिकाकी उपप्रमुख मसलीमाया थोकर, शहीदलखन ७ का वडा अध्यक्ष शरण श्रेष्ठ, गोरखा नगरपालिका १० का अध्यक्ष प्रदीप कुँवर, गोरखा नगरपालिकाकी कार्यपालिका सदस्य सावित्रा थापा पुलामीलाई सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि पुष्पकमल दाहालले दोशल्ला र प्रमाण पत्रले सम्मान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्