| सोमवार, कार्तिक २३, २०८३

धार्चेमा सर्भेसुलभ बहुउद्देश्यीय सहकारी संस्थाको मोबाइल बैकिङ सेवा सुरु

गोरखाको धार्चे गाउँपालिका वडा नं. ७ भिरकुनामा रहेको सर्भेसुलभ बहुउद्देश्यीय सहकारी संस्थाले मोबाईल बैकिङ सेवा सुरु गरेको छ ।
सहकारी संस्थाले बुधबारदेखि मोबाइल बैकिङ सेवा सुरु गरेको हो ।

सहकारीबाट हुने कारोबारलाई थप व्यवस्थित बनाउन र सहकारीलाई आधुनिक प्रविधिमा रुपान्तरण गर्न मोबाइल बैकिङ सेवा सुरु गरेको सहकारी संस्था अध्यक्ष सन्तबहादुर गुरुङले जानकारी दिए ।

भीरकुनामा सहकारीको शाखा विस्तारसँगसँगै सो सेवा सुरु गरिएको हो । यस अघि लाप्राकमा रहेको सर्भेसुलभ सहकारी संस्थाको शाखाबाट मोबाइल बैकिङ सेवा सुरु भइसकेको बताइएको छ ।

मोबाइल बैकिङ सेवाबाट सहकारीमा पैसा राख्ने, झिक्न मिल्ने लगायका सेवाहरु रहेको उनले बताए । यसका लागि सहकारीले आफ्नै मोबाइल एप्स निर्माण गरेको छ ।

विदेशबाट पठाएको पैसाहरु निकाल्न र सुरक्षित साथ आर्थिक कारोबार गर्नका साथै डिजिटल धार्चेको अवधारणा अनुसार सो कार्य गरिएको गुरुङले जानकारी दिए । पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थामा डिजिटल कारोबार तर्फ अग्रसर भइरहेको अवस्थामा सहकारी संस्थाहरुको पनि डिजिटल कारोबारमा लैजान मोबाइल बैकिङ सेवा सुरु गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्