| मङ्लबार, कार्तिक २४, २०८३

अव गोरखा संग्रहालयमा पृथ्वीनारायण शाहसँग सेल्फी खिच्न पाइने (फोटो फिचर)

गोरखा संग्रहालयमा अब पृथ्वीनारायण शाहसँग साक्षात्कार गर्न पाइने भएको छ । पृथ्वीनारायण शाहको पोशाक लगाएर घोँडा चढेर गोरखा बजार परिक्रमा गर्न समेत पाइने व्यवस्था सुरु भएको छ ।

No description available.

ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समितिले तल्लो दरबारको रुपमा परिचित संग्रहालय परिसर मूलगेटमा नक्कली पृथ्वीनारायण शाहको स्वरुपमा एक व्यक्तिलाई सजाएर उभ्याउन सुरु गरेको छ । गोरखा भ्रमणमा आएका स्वदेशी, विदेशी पर्यटकले अब उनीसित फोटो, सेल्फी खिच्न तथा टिकटक बनाउन पाउनेछन् । गोरखा नगरपालिकाका मेयर कृष्ण रानाले बुधबार एक कार्यक्रमका बीच ‘प्रतिविम्बमा श्री ५ पृथ्वीनारायण शाह’ को आरम्भ गरेका हुन् ।

No description available.

इतिहाससँग जोडेर गोरखाको पर्यटन प्रवद्र्धन कार्यमा सहयोग पु¥याउन शाहको प्रतिविम्ब राखिएको उनले बताए । नेपालको एकीकरणका सुरुवात गोरखाबाट भएको र पृथ्वीनारायण शाहले नै राज्य एकीकरण महाअभियान सुरु गरेकाले उनको सम्मानसँगै इतिहासको संरक्षण गर्न शाहको प्रतिविम्ब राख्न सुरु गरिएको उनले जानकारी दिए । ‘वीर गोरखालीको भूमिको रुपमा विश्वमै परिचित यस ऐतिहासिक स्थलमा पर्यटन प्रबद्र्धनमा सहयोग पु¥याउन यो कार्य सुरु गरिएको उनको भनाइ छ । यो कार्यको सुरुवातका लागि नगरपालिकाले एक लाख छुट्याएका छौँ’, उनले भने ।

No description available.

यसको विकासका लागि स्थानीय तह लगायतका सबै सरोकारवाला निकायहरु एक भएर लाग्नुपर्नेमा उनले जोड दिए । त्यस्तै नगरपालिकाले फुलपातीको दिनबाट संग्रहालय परिसरमा पृथ्वीनारायण शाहको ऐतिहासिक सेनाबाट परेडको सुरुवात गर्ने उनले बताए । ‘गोरखाको माथिल्लो दरबारमा विगुल बज्ने, ठुलो आँगनमा परेड खेल्ने कार्यक्रम राखेका छौँ’ उनले भने, ‘ती दिनहरुमा विहान सूर्य उदयसँगै र बेलुका सुर्यअस्तमा गरी दिनको दुई पटक हुन्छ’, उनले भने, ‘पर्यटकहरु त्यही परेड हेर्नका लागि भनेर ६÷७ बजेसम्म गोरखामा बस्नेछन् र थप एकरात गोरखाको होटलहरुमा बास बस्नेछन् ।’

No description available.

पर्यटकको बसाई लम्बाउन सो कार्यक्रम गर्न लागिएको उनको भनाइ छ । रानीपोखरीमा पनि संगीत सहितको रङीन पानीको फोहोर निर्माण गरी संचालनमा ल्याउने तयारीमा रहेको पनि उनले जानकारी दिए । त्यस्तै, गोरखा सदरमुकामका तल्लो दरबारसँग जोडिएका बस्तीहरुलाई सम्पदा बस्तीको रुपमा विकास गर्ने कार्य भइरहेको उनले बताए । ‘गोरखाको ऐतिहासिक क्षेत्र भनेको यहि बस्ती हो ।

No description available.

यसलाई सम्पदा बस्तीका रुपमा विकास गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न अब ढिला गर्नहुन्न’, उनले भने । पृथ्वीनारायण शाहसित फोटो खिच्ने स्थानीयले २० रुपैयाँ शुल्क तिर्नुपर्नेछ । जिल्ला बाहिरका र विदेशी पर्यटकले ५० रुपैयाँ तिर्नुपर्नेछ । समूहमा तस्वीर खिच्नेले एकसय रुपैयाँ र पृथ्वीनारायण शाहको पोशाकमा तस्वीर खिचाउनेले तीनसय रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरिएको उनले बताए ।

No description available.

गोरखा जिल्ला भित्रिने पर्यटकको बसाई लम्ब्याउनका लागि पृथ्वीनारायण शाहको प्रतिविम्ब राखिएको सो कार्यक्रममा अवधारणाकर्ता डाक्टर राजुबाबु श्रेष्ठले बताए । शाहको प्रतिविम्ब राखेपछि पर्यटकहरु फोटो खिच्न आउने पर्यटकको संख्या बढ्ने उनको भनाइ छ । पृथ्वीनारायण शाहको प्रतिविम्बलाई सबैले महाराज भनेर सम्बोधन गर्नुपर्ने बताउदै शैक्षिक भ्रमणमा आएका विद्यार्थीहरुलाई पृथ्वीनारायण शाहको दिव्य उपदेश समेत सुनाउने उनले जानकारी दिए ।

No description available.

पृथ्वीनारायण शाह कुनै जाति, बर्ग समुदायको मात्र नभएर हामी सबैको साझा राजा भएकाले यसको प्रचारप्रसार सबैले गर्नुपर्ने उनले बताए । गोरखाको माथिल्लो दरबारमा पृथ्वीनारायण शाह जन्म भएको हो भने तल्लो दरबार राजा राजेन्द्रका लागि बनाइएको इतिहासमा उल्लेख छ ।

No description available.
No description available.
प्रतिक्रिया दिनुहोस्