
सिम्जुङका धन बहादुर गुरुङ टानका द्वितीय उपाध्यक्षमा निर्वाचित
पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन टूेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) का द्वितीय उपाध्यक्षमा गोरखाका धनबहादुर गुरुङ निर्वाचित भएका छन् । अजिरकोट गाउँपालिका(४ सिम्जुङ निवासी गुरुङले तीन सय १६ मतको फराकिलो अन्तरले विजयी हासिल गरेका हुन् । पर्यटन व्यवसायी गुरुङले ५ सय ९८ प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी दावा लामा(तामाङ)ले दुई सय ८२ मत प्राप्त गरेका थिए । गुरुङ दुई दशकदेखि पर्यटन व्यवसायमा आवद्ध छन् ।
आफुसँगै निर्वाचिर्त नयाँ कार्यसमितिले पर्यटन व्यवसायीलाई थप उचाई पु¥याउने बताउँदै उनले भने, ‘टान पर्यटन व्यवसायीहरुको हकहितका लागि काम गर्दै आएको संस्था हो । यसका साथै नयाँ पदमार्गको प्रचारप्रसार गर्न र पर्यटन क्षेत्रलाई थप सुधार गर्दै लैजान सरकारलाई सल्लाह सुझाव दिन्छौ ।’ पर्यटकको सुरक्षाका लागि र नेपालका पर्यटन क्षेत्रको अन्तराष्टिूयस्तरमा प्रचार प्रसार गर्ने सरकारलाई आवश्यक सल्लाह सुझाव दिने उनले बताए ।
त्यस्तै, गोरखा उत्तरी क्षेत्र पर्यटनको दृष्टिकोणले अत्यन्तै सम्भावना बोकेको ठाउँ भएको त्यस क्षेत्रको प्रचारप्रसारमा जोड दिने गुरुङले जानकारी दिए । ‘गोरखाको उत्तरी भेग दुर्गम छ तर पर्यटकीय दृष्टिकोणले अन्यन्तै सम्भावना भएको ठाउँ हो तर आज सम्म राज्यको नजर पुगेको छैन । त्यसैले त्यहा क्षेत्रमा पदमार्ग र नयाँ पूर्वाधार विकासमा जोड दिन्छौ,’ उनले भने, ‘मेरो कार्यकालमा गोरखाको धार्मिक, ऐतिहासिक र साँस्कृतिक महत्व बोकेका ठाउँहरुको प्रचारप्रासर गर्नमा जोड रहन्छ ।’ गोरखाका आदिवासी जनजातिहरुको संस्कृतिको अध्ययन अनुसन्धान गरी प्रचारप्रसारमा जोड दिइने उनले बताए ।
टेूक इथिक एड्भेञ्चर कम्पनीका मेनेजिङ डाइरेक्टर रहेको उनी मुटु फाउन्टेशनको पनि अध्यक्ष हुन् । त्यस्तै , बौद्ध हिमालय पर्यटन विकास समिति अध्यक्ष र श्री भुमे जनकल्याण समिति सिम्जुङ काठमाडौ समितिका पुर्व अध्यक्ष हुन् ।
टानको कार्यसमितिमा कोको निर्वाचित भए ?
यस्तै, टूेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) को अध्यक्ष पदमा निलहरि बाँस्तोला विजयी भएका छन् ।गएराति सम्पन्न टानको ४४औँ वार्षिक साधारणसभा एवं निर्वाचनबाट उनी ६१६ मतप्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी रामप्रसाद सापकोटाले २६४ मत प्राप्त गरे ।
निर्वाचनमा अध्यक्षका प्रतिस्पर्धी बाँस्तोलाको प्यानल नै विजयी भएको छ ।निर्वाचन समितिका अनुसार टानको वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद दाहाल, प्रथम उपाध्यक्षमा प्रदीप पण्डित, द्वितीय उपाध्यक्ष धनबहादुर गुरुङ, महासचिवमा विनोद सापकोटा (बाबु) , सचिवमा होमनाथ भट्टराई र कोषाध्यक्षमा पुरुषोत्तम तिमिल्सिना, सहकोषाध्यक्षमा छिङ दोर्शी शेर्पा विजयी भएका छन् ।
महिला सदस्यमा सजना त्रिपाठी ,खुल्ला सदस्यमा सदस्यहरुमा रामप्रसाद बञ्जारा, राजु अर्याल, गणेश बहादुर अधिकारी, कुमार लामा, नविनाथ देवकोटा, सुवास भण्डारी, लाक्पा दोर्जे शेर्पा र कृष्णबहादुर परियार निर्वाचित हुनुभएको टान निर्वाचन समितिले जनाएको छ ।




