| मङ्लबार, कार्तिक २४, २०८३

गोरखामा यसबर्ष ९,९७५ हेक्टर क्षेत्रफलमा धान रोपाई

गोरखामा यसबर्ष नौ हजार नौसय ७५ हेक्टर क्षेत्रफलमा धान रोपाईँ भएको छ । धानखेती हुने अनुमान गरिएको १० हजार पाँचसय हेक्टर क्षेत्रफलमध्य ९५ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको कृषि ज्ञानकेन्द्र गोरखाका प्रमुख परशुराम अधिकारीले जानकारी दिए ।
उनका अनुसार यो तथ्यांक यसबर्षको अन्तिम नतिजा हो ।

गतबर्ष १० हजार पाँचसय ६२ हेक्टर क्षेत्रफलमा रोपाईँ भएको थियो । यसबर्ष घटेर नौहजार नौसय ७५ हेक्टर क्षेत्रफलमा रोपाईँ भएको हो । ‘धान रोपाईँ हुने सबै पालिकाको कृषि शाखासित समन्वय गरेर यो तथ्यांक तयार गरिएको हो’, अधिकारीले भने, ‘गतबर्ष ९७ प्रतिशत रोपाईँ भएको थियो । यो बर्ष दुई प्रतिशत घट्यो ।’ धानखेती हुने उर्वर फाँटमा बाढी पसेर क्षति गरेका कारण यसबर्ष गतबर्षभन्दा रोपाईँ घटेको उनले बताए । ‘आउँदो बर्ष बाढीले क्षति पु¥याएन भने रोपाईँ हुने दर बढाउँछौँ’, उनले भने ।

कृषि ज्ञानकेन्द्रका अनुसार गोरखाको दक्षिणी भूभागमा मात्र बर्खे धानखेती हुन्छन् । बढ्दो रोगकीराको आक्रमण र सिँचाइको अभाव नै गोरखामा धानखेतीको प्रमुख चुनौतिहरु रहेको कृषि ज्ञानकेन्द्रले जनाएको छ । ‘जिल्लाको झण्डै दुई तिहाइ भूभागमा धानखेती हुँदैनन्’, ज्ञानकेन्द्रका प्रमुख अधिकारीले भने, ‘करिब ३५ प्रतिशत भूभागमा मात्र धानखेती हुन्छ । धानखेती हुने जग्गामध्य पनि जम्मा ३८ प्रतिशत खेतमा मात्र सिँचाइ सुनिश्चिता छ । बाँकी खेतहरु आकासे बर्षाको भरमा खेती गरिन्छ । बर्षा भएन भने ५० प्रतिशत नै बाँझो बस्न सक्छ ।’ धानले मात्र त सक्दैन । खाद्यान्नले सक्छ । धान, मकै, कोदो, मकै, फापरले धान्न सक्छ ।

गोरखामा सावित्री, रामधान, सुख्खा १, सुख्खा २, सुख्खा ३, महाराजा, च्याम्पियन, युस ३१२ जातका धानखेती गर्ने गरिएको छ ।
जिल्लाको बिगतदेखिको अभिलेखका अनुसार गोरखामा बिगत केहीबर्षदेखि खाद्य बाली उत्पादनमा वृद्धि हुदै गएको छ । ‘पछिल्लो बर्षहरुमा उन्नत जातको धानको बिउ प्रयोग हुन थालेको छ, हाइब्रिड बीउहरुको प्रवेश भएको छ’, अधिकारी भन्छन्, ‘खेती प्रणालीमा यान्त्रिकरण, सिँचाइको विकास र नयाँ पुस्तामा पढाइ(लेखाइ भएका किसानहरुले व्यवसायिक खेती गर्न थालेकाले उत्पादनमा वृद्धि भएको हो ।’ धानबाहेक गोरखामा मकै, कोदो, गहुँ, जौ, फापर खेती पनि गर्ने गरिन्छ ।

कृषि क्षेत्रको उत्पादनमा धानको योगदान १२ प्रतिशत मात्र छ । यसवर्ष प्रदेश नं. १ को सोलुखुम्बु, ओखलढुङ्गा, बागमती प्रदेशको धादिङ, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, र चितवन, गण्डकी प्रदेशको म्याग्दी, स्याङ्जा, वाग्लुङ, नवलपुर, लुम्बिनी प्रदेशको बर्दिया, र सुदूरपश्चिम क्षेत्रको दार्चुला, बझाङ, बाजुरा र कञ्चनपुरमा सतप्रतिशत रोपाइँ भएको छ । गतवर्षको यसै अवधिमा नेपालमा ९७ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको थियो । १३ लाख ४२ हजार ८१९ हेक्टर जमिनमा धान रोपाइँ भएको थियो तर यसवर्ष सोही अवधिमा १४ लाख १७ हजार १३१ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ ।

गत वर्षभन्दा यसवर्ष ७४ हजार ३१२ हेक्टर बढी क्षेत्रफलमा धान रोपाइँ भएको छ ।
नेपालमा झन्डै १६ लाख हेक्टर जमिनमा धान खेती गरिन्छ । नेपालमा धानको उत्पादन बढ्नु र घट्नुमा मुख्य मौसममा निर्भर देखिन्छ । जुन वर्ष मौसम अनुकुल हुन्छ त्यो वर्ष धानको उत्पादन बढेको देखिन्छ भने मौसम अनुकुल नभएका बखत धानको उत्पादन घटेको पाइन्छ ।
संसारका आधा जनसंख्याको मुख्य खाना चामल हो । एशियाली देशमा ९० प्रतिशतभन्दा बढी धानको उत्पादन र खपत हुन्छ । संसारमा सबैभन्दा धेरै धान फल्ने देश चीन हो । नेपालमा ८६ उन्नत र सात रैथाने जातको बीऊबाट उत्पादन गरिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्