
गुणस्तरहीन सेनिटरी प्याड जबर्जस्ती न भिराऊ
हुन त ‘हामी नेपालीमा सित्तैमा पाइयो भन्दैमा तीनमाना चुक पनि खान्छौँ’ भन्ने गरिन्छ । तैपनि अहिले समय अनुकूल अनुकूलन हुँदै पनि छौँ । सित्तै पाए जे पनि स्वीकार्ने मात्र होइन, दिन सक्ने हैसियतमा पनि नेपाली छौँ । यहाँ प्रसंग सामुदायिक विद्यालय पढ्ने छात्राहरुमा कमशल सेनिटरी प्याड वितरणको विषय हो । सामुदायिक विद्यालयमा पढ्ने छात्राहरुलाई बिगत पाँचबर्षदेखि पालिका सरकारले निशुल्क रुपमा सेनिटरी प्याड वितरण गर्दै आएको छ ।
सुरक्षित व्यवस्थापनको अभावमा छात्राहरु महिनावारी भएपछि विद्यालय छाडेर घर जान बाध्य थिए । महिनावारी हुने अवधि(तीन वन चारदिन) भर विद्यालय नआउने चलन पनि थियो । कतिपयले त यही कारण सदाका लागि विद्यालय छाड्थे । यही मर्म बुझेर नेपाल सरकारले सबै छात्राहरुलाई सेनिटरी प्याड निशुल्क रुपमा वितरण गर्ने कार्यक्रम अघि सा¥यो ।
यो कार्यक्रम धेरै प्रभावकारी भयो । जसरी वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ता कार्यक्रमले लोकप्रियता लियो, त्यस्तै छात्राहरुलाई निशुल्क प्याड वितरणको कार्यक्रम पनि लोकप्रिय बन्दै आएको छ ।
तर बिडम्बना के भइदियो भने पालिकाले सेनिटरी प्याड आपूर्ति गर्न ठेकेदारको प्रयोग ग¥यो । ठेकेदारले कूल बजेटको ५० प्रतिशत भन्दा कममा आपूर्ति गराउने सम्झौता ग¥यो । अब सेनिटरी प्याडको गुणस्तरर आधाजसो त यसै खुस्किहाल्यो । त्यसमा पनि ठेकेदारले क–कसलाई कमिशन बुझाउनु पर्छ, त्यो हिसाब पनि जोड्दा गुणस्तरचाहिँ झन घट्दै गयो । अन्ततः छात्राको हातमा न्याप्किन पेपरलाई कपडाले बेरेर बनाइयो सस्ता सेनिटरी प्याड पर्ने गरेको छ । कतै चुहिने गुनासो आउन थालेको छ । कतै, सबै उमेर समूहका छात्राहरुलाई एउटै साइजका सेनिटरी प्याड वितरण भएको गुनासो छ ।
साइज नमिल्ने र गुणस्तर पनि नमिल्ने प्याड छात्राहरुलाई जबर्जस्ती भिराउने गरिएको छ । यसले महिनावारी भएका छात्राहरुलाई झन इन्फेक्सन जस्ता समस्या पैदा गराउन सक्छ । त्यसैले सकिन्छ, गुणस्तरीय प्याड दिऔँ, नसके बरु नदिउँ, तर गुणस्तरहीन प्याड नभिराऊ ।




