
गोरखामा आज एकै दिन ५४ जना संक्रमित थपिए
गोरखामा सोमबार एकै दिन ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय गोरखाका अनुसार जिल्ला भित्रका दुई सय ९१ जनामा चेकजाँच गरिएकोमा ५४ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
यि मध्य सबै भन्दा धेरै भिमसेन थापा गाउँपालिकाका रहेका छन् । भिमसेन थापाका १३ जना महिला र २५ जना पुरुषमामा कोरोना संक्रमण पुष्टि भएको कार्यालयका महामारी फोकल पर्सन नारायणबाबु अर्यालले बताए । अजिरकोट गाउँपालिकामा सात जना महिला र चार जनामा पुरुषमा कोरोना संक्रमण पुष्टि भएको उनले बताए ।
त्यस्तै, पालुङटार नगरपालिकाका दुई महिला, एक पुरुष र गोरखा अस्पतालमा चेकजाँचको क्रममा दुई जना महिलालाई कोरोना संक्रमण पुष्टि भएको उनले जानकारी दिए । एन्टिजेन परिक्षणको क्रममा उनीहरुलाई कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै गोरखाका कुल संक्रिय संक्र मितको संख्या ८३ पुगेको छ ।
कुन पालिका कति संक्रिय संत्रमित ?





