
पालुङटारमा ट्याक्टरले चेपेर एक महिलाको मृत्यु
गोरखाको पालुङटार नगरपालिकामा–४ को बाह्रपिर्केमा एक महिलाको मृत्यु भएको छ । आइतबार साँझ सोही ठाउकी ४५ बर्षकी अञ्जु सुनारको ट्याक्टरले चेपेर मृत्यु भएको डिएसपी लिलाराज लामिछानेले बताए ।
अञ्जु आइतबार दिउँसो देखि ग. १ त ४७०० नम्बरको ट्याक्टरमा यात्रा गरिरहेकी उनी बेलुका साढे चार बजे तिर एक्कासी ट्याक्टरबाट खसेर पाङ्ग्राले चेपिएपछि गम्भीर घाइते भएकी थिइन । बाह्रकिलो बजारबाट छेपेटार तर्फ गइरहेको ट्याक्टरबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि चितवन लगिएको थियोे । अस्पतालमा पुर्याउने बित्तिकै उनको मृत्यु भएको डिएसपी लामिछानेले बताए ।
अहिले ट्याक्टर र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।




