| मङ्लबार, कार्तिक २४, २०८३

विप्लव नेतृत्वको नेकपाको गोरखा नगरकमिटी गठन

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको गोरखा नगर कमिटीको अध्यक्षमा कृष्णबहादुर अधिकारी चयन भएका छन् । गोरखामा आइतबार सम्पन्न पार्टीको दोस्रो भेलाले अधिकारीको नेतृत्वमा २७ सदस्यीय कमिटी गठन गरिएको हो ।

आगामि प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि लक्षित गर्दै कमिटी गठन गरिएको पार्टीले जनाएको छ । गोरखा नगरपालिकासँगै अन्य पालिकाहरुमा पनि कमिटी विस्तार गर्ने क्रममा रहेको पार्टीका जिल्ला सचिव कपिल भट्टले जानकारी दिए ।

आगामी भर्दौ १५ गते भित्र पार्टीको नगरपालिका, गाउँपालिका भेला र जिल्ला अधिवेशन सक्ने लक्ष्यका अघि बढिरहेको उनले बताए ।

नेपाल कम्युनिष्ट पार्टीकी केन्द्रीय सदस्य इन्चार्ज उमा भुजेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला सचिव कपिल भट्ट, पार्टीका विशेष समिति सदस्य योगेन्द्रकुमाल लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्