| सोमवार, कार्तिक २३, २०८३

बसपार्क व्यवस्थित बनाऊ नगर व्यवस्थित बनाऊ

शाव्दिक अर्थमा जहाँ बस पार्किङ गरिन्छ, त्यसलाई बसपार्क भनिन्छ तर शाव्दिक अर्थले मात्र कहाँ बसपार्कको परिभाषा पुग्छ ? बसपार्क भनेको बस पार्किङ गर्ने ठाउँ मात्र होइन ।

शाव्दिक र प्रायोगिक अर्थ तालमेलन नमिल्दा अहिले यातायात व्यवसायी तथा यातायात मजदुरलाई समस्या भएको छ ।
बसपार्क व्यवस्थित नहुँदा अहिले यातायात व्यवसायीहरुले भाडा तिरेर व्यक्तिगत जग्गामा बस पार्किङ गर्ने गरेका छन् ।

राजनीतिक नेतृत्वहरु जुन समूहमा पुगे, त्यही समुदायको समस्या हल गरिदिने भन्दा हुन् । यातायात व्यवसायीहरुको कार्यक्रममा पक्कै पनि नेताजी, जनप्रतिनिधि महोदयहरुले बसपार्क व्यवस्थित बनाउने प्रतिवद्धता व्यक्त गरे हुनन् । जनप्रतिनिधिको एउटा अवधि सिँगै सक्कियो । अर्को कार्यकाल सुरु भयो । नयाँ जनप्रतिनिधि आएको पनि तीन महिना पूरा भयो । तर बसपार्क व्यवस्थित गर्ने पहल सुरु भएको जानकारीमा छैन । जहाँबाट गाडी छुट्ने गरेको छ, त्यसलाई पुरानो बसपार्क भन्ने गरिएको छ ।

यहाँ सबै बस पार्किङ गर्ने स्पेश छैन । नियमतः यहाँ बस छुट्नुभन्दा केही पहिले मात्र बस आइपुग्नु पर्ने हो, तर नौ बजेदेखि ११ बजेसम्म यहाँको दृश्य हेर्ने हो भने, हुलका हुल बस हुने गर्छ । अझै ट्याक्सी व्यवसायी, मोटरसाइकल चालकहरुले बसपार्कमै सवारी साधन पार्किङ गर्दा ठेलमठेल, तनाबपूर्ण अवस्था यहाँ देखिन्छ । अझै शैक्षिक भ्रमणको सिजनमा विभिन्न जिल्लाहरुबाट आएका बस कहाँ पार्क गर्ने भन्ने समस्या छ । नयाँ मान्छेहरु गोरखामा आउने वित्तिकै पहिलो समस्या बसपार्कमै सामना गर्न बाध्य हुन्छन् ।

अलिक पर नयाँ बसपार्क बनाइएको थियो, त्यो पनि व्यस्थित छैन । त्यसैले अहिले हेर्ने हो भने कुनै बस घडेरी खारेको ठाउँमा पार्किङ भइरहेको हुन्छ, कुनै बस सडकको छेउमा अड्याइरहेको देखिन्छ ।
त्यसैले जनप्रतिनिधिले यहाँको तनाबपूर्ण अबस्थाको अन्त्य गर्न बसपार्क व्यवस्थित बनाउनु पर्छ । नगर व्यवस्थित बनाउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्