
तनहुँमा बसको ठक्करबाट ११ वर्षीय बालकको मृत्यु
तनहुँको देवघाट गाउँपालिका–५ क्युदीस्थित देवपुर दासढुङ्गा सडकखण्डमा बसले ठक्कर दिंदा एक बालकको मृत्यु भएको छ।
गत साउन १७ गते ग१क ३०३४ नं.को बसले ठक्कर दिंदा गम्भीर घाइते भएका ११ वर्षीय रिमेश तामाङको सोमबार उपचारका क्रममा मृत्यु भएको हो।
उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
बस चालक प्रहरी नियन्त्रणमा छन्।




