
आँबुखैरेनीमा साउन २८ गते रक्तदान कार्यक्रम
तनहुँको आँबुखैरेनीमा साउन २८ गते रक्तदान कार्यक्रम हुने भएको छ । नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्त संचार चितवनको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम हुन लागेको लायन्स क्लव अन्तराष्ट्रिय ३२५ एल का टिम अफिसर शिव खनालले बताए ।
लायन्स क्लव अफ आँबुखैरेनी, लायन्स क्लव अफ आँबुखैरेनी सिटी, लायन्स क्लव अफ आँबुखैरेनी अकला, लायन्स क्लव अफ आँबुखैरेनी स्टारको आयोजना र लियो क्लव अफ आँबुखैरेनी, लियो क्लव अफ आँबुखैरेनी सिटीको सह आयोजनामा रक्तदान हुन लागेको हो ।
कार्यक्रममा सहभागी भई रक्तदान गर्न क्लवहरुले सर्वसाधारणमा अपिल गरेका छन् । अहिले देशभर रगत अभाव भईरहेका बेला संकलित रगत आबश्यक पर्ने बिरामीका लागि रक्तसंचार केन्द्रबाट सहज उपलब्ध होस् भन्ने चाहनाले कार्यक्रम गरिएको खनालले बताए । आगामि शनिवार उक्त कार्यक्रम गोरखा रोड स्थित आँबुखैरेनी चोकमा हुनेछ ।




