
जिल्ला प्रशासन कार्यालयबाट पाँच करोड राजस्व संकलन
जिल्ला प्रशासन कार्यालय गोरखाले पाँच करोड राजस्व संकलन गरेको छ । आर्थिकवर्ष २०७८÷०७९ मा सो कार्यालयबाट विभिन्न शीर्षकमा पाँच करोड २६ लाख ५९ हजार सातसय चार रुपैयाँ राजस्व संकलन गरिएको कार्यालयले जनाएको छ ।
सबैभन्दा धेरै राजस्व राहदानी बनाउनेहरुसित दस्तुरस्वरुप संकलन भएको छ । सो शीर्षकबाट पाँच करोड १७ लाख १८ हजार दुईसय ५० रुपैया संकलन भएको उनले जानकारी दिए ।
हातहतियारको इजाजतपत्रबाट एक लाख ६१ हजार आठ सय ५० रुपैया, अन्य प्रशासनिक सेवा शुल्कबाट चार लाख ९९ हजार एकसय १९ रुपैया र प्रशासनिक दण्ड, जरिवानाबाट एक लाख ५२ हजार एक सय पाँच रुपैया संकलन गरिएको प्रशासन कार्यालयका प्रशासकीय अधिकृत काजीराम सुनारले बताए । न्यायिक दण्ड, जरिवानाबाट ८३ हजार सातसय ८० रुपैया संकलन भएको उनले बताए ।
त्यस्तै, धरौटीतर्पm सो आर्थिक वर्षमा ६१ लाख छ हजार पाँच सय नौ रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।




