
नयाँ जनप्रतिनिधिसंग अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न
गोरखा टेलरिङ व्यवसायी संघ गोरखाले नवनिर्वाचित जन(प्रतिनिधिसंग छलफल तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट चुनिएका नयाँ जनप्रनिधिधिहरुलाई सम्मान तथा छलफल कार्यक्रम आयोजना गरिएको संघका अध्यक्ष बालकृष्ण परियारले जानकारी दिए ।
सोही कार्यक्रमको अवसरमा जिल्ला कार्यसमिति गोरखाले आफ्नो व्यवसायिक सदस्यहरुलाई व्यवसयामा टेवा पुग्ने उद्देश्यले क्षमता अभिवृद्धि तालिमको उद्घाटन गरिएको थियो । तालिममा जिल्लाभरिका टेलरिङ व्यवसायीहरु सहभागी छन् । कार्यक्रमलाई गोरखा टेलरिङ व्यवसायी संघ गोरखाका महासचिव बिकास बाबू परियारले सहजीकरण गरेका थिए ।
गोरखा टेलरिङ व्यवसायी संघ गोरखाका अध्यक्ष बालकृष्ण परियारको अध्यक्षता तथा नेपाल टेलरिङ व्यवसायी महासंघ नेपालका अध्यक्ष गोपाल परियारको प्रमुख अथित्यतामा भएको कार्यक्रममा नेपाल टेलरिङ व्यवसायी महासंघ नेपालका बरिष्ठ उपाध्यक्ष सदिस श्रेष्ठ, महासंघका महासचिव पूर्ण महर्जन, सचिव सोमबहादुर अछामी, नेपाल टेलरिङ व्यवसायी महासंघ नेपालका बाग्मती प्रदेश संयोजक धिपेन्द्र काररन्जित, जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापा मगर, उप–प्रमुख लीला परियार, गोरखा नगरपालिकाका प्रमुख कृष्ण राना मगरलगायतले मन्तव्य राखेका थिए ।




