| सोमवार, कार्तिक २३, २०८३

बेरुजु न्यूनिकरणलाई जोड दिऔँ

तर्क गर्नेले भन्छन्, मान्छे चार प्रकारका हुन्छन् ।
नंबर १ : नजान्ने, तर के जानेको छैन भन्ने पनि नजान्ने । यी नराधम हुन् ।

नंबर २ : नजान्ने, तर जानेको छैन भनेरचाहिँ जान्ने । यी औसत मान्छे हुन् । सच्चिने बाटोमा छन् ।

नंबर ३ : जान्ने, तर जानेको छु भन्नेचाहिँ नजान्ने । अन्तरमुखी हुन् । यिनलाई जगाउनु पर्छ ।

र नंबर ४ : जान्ने र जानेको छु भनेर पनि जान्ने । यी अतिउत्तम कोटीमा पर्छन् ।

अवगुणरहित मान्छे भेटिन्न, दोषरहित कुनै ‘कुरा’ भेटिन्न । त्यसमाथि पनि पालिका संरचनाको अभ्यास भर्खर(भर्खर भएकाले त्रुटी त भइ नै हाल्छ । कार्य सम्पादन गर्ने क्रममा कुन काम अति कुशलतापूर्वक गर्न समर्थ भइयो, कुन काम गर्दा कुन(कुन कुरामा जटिलता पैदा भयो र त्रुटी हुन गयो भनेर पहिल्याउन सक्नेले आगामि काम सच्याउन सक्छ र सफल हुन्छ ।

तर कुनै पनि पालिका यस्तो नहोस् कि, कार्यसम्पादन गर्दा कुन काममा चुनौति आयो, त्यो काम सकुशल सम्पन्न गर्न खोज्दा कहाँनेर गल्ती भयो ? त्यसलाई कसरी सच्याउने भन्ने चेतना पनि नभएका । पालिका अध्यक्ष पनि प्रमुख प्रशासकीय अधिकृत पनि हामी जान्दछौँ भन्ने दम्भले भरिएका । कोही शुभेच्छुुकले सम्झाइबुझाई गर्न खोज्दा ‘हामीलाई सिकाउने तिमी को हौ ?’ भन्ने । तर नतिजा आएपछि भ्वाङैभ्वाङ । कुनै पालिका यस्ता होलान् भनेर कल्पना नगरौँ । कार्यसम्पादनमा चुनौति आउनु स्वभाविक छ ।

एक बर्ष गरेको काममा कहाँनेर कठिनाइ भएको थियो र कसरी गल्ती हुन गयो, के गरेको भए सफल होइन्थ्यो भन्ने बारे गहन ढंगले अध्ययन, मनन गर्न सक्ने हुनुपर्छ । पालिकालाई बेरुजुरहित बनाउनु पालिका अध्यक्ष र उनका माताहतका जनप्रतिनिधिको, प्रमुख प्रशासकीय अधिकृत र उनका माताहतका कर्मचारीको सफलता हो ।

प्रतिक्रिया दिनुहोस्