| मङ्लबार, कार्तिक २४, २०८३

कालीका महिला बचत तथा ऋण सहकारी संस्थाको स्थापना दिवस मनाइयो

गोरखा नगरपालिका ७ छिपिटोलको कालीका महिला बचत तथा ऋण सहकारी संस्थाको २८ औँ स्थापना दिवस दुई दिवशीय विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

विभिन्न परोपकारी काम र औपचारिक कार्यक्रम गरी संस्थाको स्थापना दिवस मनाइएको संस्थाकी सचिव सर्मिला वाग्ले आचार्यले जानकारी दिइन् ।

No description available.

स्थापना दिवसको अवसरमा बिहिबार धारापानीस्थित राधावल्लभेश्वर महादेव मन्दिर सरसफाइ, पश्चिमकाली मन्दिर परिसरमा वृक्षारोपण र मानव सेवा आश्रममा रहेका बालगोपालहरुलाई खाद्यान्न सामग्री हस्तान्तरण गरिएको थियो ।

No description available.

त्यस्तै शुक्रबार नयाँबसपार्कस्थित हिमचुली साकोसको सभाहलमा औपचारिक कार्यक्रम गरिएको सचिव वाग्लेले जानकारी दिइन् । संस्थाकी अध्यक्ष निर्मला श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको औपचारिक कार्यक्रममा निवर्तमान अध्यक्ष तथा संस्थाकी सल्लाहकार तुलसा मरहट्टा, सदस्यहरु राममाया श्रेष्ठ, मीना बस्नेत, निर्मला भण्डारी लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेको सचिव सर्मिला वाग्ले आचार्यले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्