| मङ्लबार, कार्तिक २४, २०८३

वृहत दरौँदी लिफ्टिङ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा अर्याल

दरौंदी गोरखा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा विनोद अर्याल चयन भएका छन् । बुधबार भएको संस्थाको पूर्ण वैठकबाट अर्यालयको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।

उपाध्यक्षमा सकुन्तला खत्री र नारायणप्रसाद अर्याल, सचिवमा नारायणबाबु श्रेष्ठ र कोषाध्यक्ष राममाया श्रेष्ठ चयन भएका छन् । समितिको सदस्यहरुमा नानुमाया थापा, रामकुमार थापा, कल्पना नेपाली, राजी थापा, अजित कुमार श्रेष्ठ र अर्जुनजंग थापा चयन भएका छन् ।

यस्तै संस्थाको प्रथम वैठकले अव छिट्टै गोरखा सदरमुकामबासीलाई दरौदी लिफ्टिङको पानी खुवाउने गरी काम अगाढि बढाउने निर्णय गरेको अध्यक्ष विनोदबाबु अर्यालले बताए ।

प्रतिक्रिया दिनुहोस्