| सोमवार, कार्तिक २३, २०८३

लागु औषध मुद्दाका फारर गोरखा बजारका एक पुरुष पक्राउ

लागु औषध मुद्दामा सजाया तोकिएका एक युवक फरार रहेका छन् । एक महिना कैद सजाया तोकिई फरार रहेका गोरखा नगरपालिका ६ का ४१ वर्षिय राजु शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।


अदालतको फैसलापछि सम्पर्कमा नआएका उनलाई गोरखा प्रहरीले फैसला कार्यन्वयन अभियान संचालनका क्रममा फेला परेको जनाएको छ । उनलाई जिल्ला अदालत बुझाइएको र अदालतले बुधवार नै कैद भुक्तानका लागि कारागार शाखा पठाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी लिलाराज लामिछानेले बताए ।

प्रतिक्रिया दिनुहोस्