| सोमवार, कार्तिक २३, २०८३

दुर्गमका बासिन्दाको समस्या पनि हेर

‘रेलको बाटो पुग्दै छ रे तिमी बस्ने सहरमा, हुम्ला कहिले मोटर आउला बसेको छु हेर्ने रहरैमा…’ गीतले जो कोहीलाई स्तव्ध बनाउँछ । ‘तुइन चढी स्कूल जान्छन्, नानी बाबु गाउँमा, कालो बाटो चिल्ला गाडी होलान् तिम्रा ठाउँमा’, जस्ता शव्दले यो गीत सुन्ने, म्युजिक भिडियो हेर्नेलाई बिरक्त बनाउँछ ।

‘दाउरा घाँस खालि खुट्टा छैन चप्पल जुत्ता, रातो कार्पेट बिछ्याउँछन् रे तिमीले टेक्दा उता’ जस्ता शव्दले आमको मन कुँड्याउँछ ।
हाम्रो गोरखाको चुमनुब्री गाउँपालिकाका दुर्गम गाउँको अबस्था पनि हुम्लाको भन्दा फरक छैन । धार्चेका माथिल्ला बस्ती र चुमनुब्रीका प्राय सबै गाउँहरुमा सडक छैनन् जसले गर्दा सवारी साधन चल्दैनन छैन ।

चुमनुब्रीको जताततै पहिरो जानाले बाटो हिड्न सक्ने अबस्थामा छैन । हिउँदका बेला थापिएका फड्के बाढीले बगाएपछि एक गाउँ र अर्को गाउँ बीचको सम्बन्ध विच्छेद हुन्छ । कोही बिरामी प¥यो भने कि आम्जीको भर, कि सहेरै निको बनाउनु पर्ने बाध्यता, कि लाखौँ ऋण गरी हेलिकोप्टर चार्टर गर्नुपर्ने, कि मर्नुपर्ने अबस्था छ ।

धार्चेको गाउँपालिकाको केन्द्रबाट धन्नै तीन घण्टाको पैदल दुरीमा रहेको केरौँजा गाउँसम्म सडक खनिएको छ तर पुल नहुँदा सडक प्रयोग बिहिन छ । दोभानबाट हुल्चुक, रुञ्चेत हुँदै केरौजा जाने सडक पनि बनेको छ तर त्यहाँ पुल नहुँदा त्यहाँका बासिन्दालाई गाउँमा गाडी चल्ने सपनामा तुषारापात भएको छ ।

तल्लो भेगमा कतै सडक नबन्दा पुल बेकम्मा, कतै पुल नबन्दा सडक बेकम्मा । यस्तै बिडम्बना छन् यहाँ ।
दुर्गमका बासिन्दाले यी दुवै अबस्था भोग्न पाएका छैनन् । बरु त्यहाँ त फड्केसम्म नहुँदा ज्यानको बाजी थापेर बाढी तर्नुपर्ने अबस्था छ । सहस्र पीडा छन् त्यहाँ । त्यसैले ती ठाउँको समस्या समाधानतर्फ पनि नजर देऊ ।

प्रतिक्रिया दिनुहोस्