
सिरानचोककी सनम गुरुङले जितिन् मिस गुरुङ सेकेण्ड रनर अपको उपाधि
गोरखा सिरानचोककी सनम गुरुङले मिस गुरुङ सेकेण्ड रनर अपको उपाधि जितेकी छिन ।
एस के इन्टरटेन्मेन्टद्वारा आयोजित मिस एण्ड मिसेस गुरुङ सिजन ३ मा सिरानचोक गाउँपालिका वडा नं ७ श्रीनाथकोटकी सनमले सेकेण्ड रनरअपको उपाधि हात पारेकी हुन ।
यसबाहेक सोही प्रतियोगितामा उनले पब्लिक च्वाइस, फेसबुक च्वाइस, बेष्ट स्माइल लगायतका उपाधि पनि जितेकी छिन ।
प्रतियोगितामा मिस गुरुङको टाइटल इशा गुरुङले जित्नुका साथै सुकिना गुरुङ फष्ट रनरअप भएकी छिन । त्यस्तै मिसेस गुरुङको उपाधि भने निलम गुरुङले जितेकी छिन ।





