| मङ्लबार, कार्तिक २४, २०८३

भीमसेन थापाको बेरुजु : बिना ‘नम्स’ भुक्तानी भएका शीर्षक धेरै

भीमसेन थापा गाउँपालिकाको आर्थिक बर्ष २०७७।०७८ मा महालेखा नियन्त्रकको कार्यालयबाट गरिएको लेखापरीक्षणबाट रू २ करोड १७ लाख ५६ हजार बेरुजू देखिएको छ । सोमध्ये प्रतिक्रिया प्राप्त नभई बाँकी बेरुजू असुल गर्नुपर्ने रू २ लाख २० हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रू १ करोड ९ ० लाख ४ हजार, नियमित गर्नुपर्ने रू ९ लाख ७५ हजार र पेश्की रू १५ लाख ५७ हजार रहेको छ ।

गतवर्ष रु ३ करोड ९ १ लाख ६० हजार बेरुजू बाँकी रहेकोमा यसवर्ष समायोजन र सम्परीक्षणबाट फछ्र्यौट एवं यो वर्ष कायम भएको बेरुजू समेत हालसम्मको अद्यावधिक बेरुजू रु ६ करोड ९ लाख १६ हजार रहेको छ । गाउँपालिकाको लेखापरीक्षणबाट स्रोत र साधनको प्राप्तिको प्रक्षेपण यथार्थपरक नभएको, असुली लक्ष्यअनुसार नभएको, कर्मचारीको दरबन्दीअनुसार पदपूर्ति नभएका कारण विकास निर्माण र सेवा प्रवाहमा प्रभावकारिता नआएको, अनुदानको पर्याप्त अनुगमन नभएको, वितरणमुखी कार्यक्रम सञ्चालन गरेको, आन्तरिक नियन्त्रण प्रणाली कमजोर रहेको लगायतका व्यहोरा लेखापरीक्षण प्रतिवेदनमा औल्याइएको छ ।

भीमसेन थापा गाउँपालिकाले राहत वितरणमा खरिद गरेको परिमाणभन्दा घटी वितरण गरेको देखियो । खरिद गरेको परिमाण भन्दा घटी वितरण गरेको राहात सामाग्रको मुल्य १६ हजार ४५५ रुपैयाँ राजस्व खातामा असुल गर्नुपर्ने भनी महालेखाले सुझाव दिएको छ ।
राजश्व वाँडफाँडतर्फ स्थानीय तहले आर्थिक ऐन बमोजिम असुल गरेको देहाय अनुसारको रकम राजश्व वाँडफाँड गर्नुपर्नेमा नगरेको वा घटी बाँडफाँड गरेको पाइएकोले सो बापतको रकम सम्बन्धित निकायलाई बाँडफाँड गरी पठाउनु पर्ने रु २९ हजार ९४० रुपैयाँ बेरुजु भएको छ ।
त्यस्तै वडा कार्यालय मार्फत खरीद गरिएका खर्च भएर जाने सामानहरुको भुक्तानीमा दाखिला प्रतिवेदन समावेश भएको नपाइएकाले जिन्सी खातामा आम्दानी बाँधी जिन्सी खाता अध्यावधिक गरेको प्रमाण पेश गर्नु पर्ने रु ७१ हजार ९८० रुपैयाँ बेरुजु देखाइएको छ ।

सार्वजनिक खरिद नियमावली , २०६४ को नियम १२३ खरिद सम्झौता अनुसार सार्वजनिक निकायले रनिङ्ग विल वा अन्य कुनै विजकको भुक्तानी गर्दा करारको शर्त बमोजिम प्राविधिक नापजाँच गरी नापी किताबमा उल्लेख भएको वास्तविक कार्य सम्पादनको आधारमा भुक्तानी दिनुपर्ने उल्लेख छ । तर वालुवाटार खानेपानी योजनामा नापीमा रु ७ लाख ९२ हजार ६६३ बरारबरको काम भएकोमा उपभोक्ताको योगदान घटाई रु ६ लाख ७८ हजार ५३२ उपभोक्ता समितिलाई भुक्तानी भएको छ । सो निर्माण कार्यमा काम भएको भन्दा बढि भुक्तानी भएको तीनलाख २९ हजार रुपैयाँ बेरुजु देखाइएको छ । यदि सो रकम खर्च भएको भए प्रमाण पेश गर्न सुझाव दिइएको छ ।

बिद्यालयगत अभिलेख शिक्षक र कर्मचारीको तलव भत्ता र ग्रेडको रकम खुलेको प्रतिवेदन पारित नगरी तलबभत्ता निकासा दिएको निकासा अभिलेख खाता राख्ने गरेको नपाइएको महालेखाको टिप्पणी छ । पालिकाले सरस्वती मावि बोर्लाङका शिक्षकहरुको तलब भत्ता माग फारम वेगर भुक्तानी दिएकाले रु २६ लाख ६६ हजार ३५५ रकम बेरुजु देखाइएको छ । कार्यक्रम कार्यान्वयन पुस्तिका २०७७।०७८ को कृयाकलाप नं ८ मा नमुना विद्यालय सुधार गुरुयोजना अनुरुप भौतिक निर्माण अनुदानप्रति विद्यालय बार्षिक रु १ करोड देखि रु १ करोड ५० लाख अनुदान उपलब्ध गराउन सक्ने साथै

साथै दुल्लभ नमुना माध्यमिक विद्यालयलाई कार्य सम्पन्न प्रतिवेदन पेश नगरी रु १ करोड ५० लाख निकासा भएकोमा सो रकम पनि बेरुजुमा देखाएको छ ।

मसेलको बिद्रावती मा।विलाई राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत भौतिक पुर्वाधार अन्तर्गत स्टेसनरीको काममा दुई हजार मात्र भुक्तानी दिनु पर्नेमा २० हजार भुक्तानी भएकोले बढी भुक्तानी भएको रु १८००० बेरुजु खातामा दाखिला गर्नु पर्ने महालेखाको सुझाव छ ।
सो पालिका कार्यालयबाट नेपाल विद्धुत प्राधिकरणलाई विद्युत पोल स्थानान्तरण गर्नको लागि दिएको पेश्की रकम फर्छयौट नभई बाँकि रहेकोले नियमानुसार फर्छयौट गर्नु पर्ने विद्युत प्राधिकरण पेस्की रकम १५ लाख ५६ हजार ८६४ रुपैयाँ बेरुजू भएको छ ।

कर्मचारीहरुको तलब भत्ता भुक्तानी गर्दा सम्वन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयबाट तलवी प्रतिवेदन पारित गराएर मात्र भुक्तानी गर्नु पर्ने व्यवस्था छ । तलव भुक्तानी गर्दा पारित तलवी प्रतिवेदन भन्दा बढी ग्रेड रकम भुक्तानी भई्र बेरुजु रकम दाखिला गर्दा कर्मचारी संचय कोष थप रकम समेत दाखिला गर्नु पर्ने छुट भएकोले सो रकमबापत चार हजार पाँचसय रुपैयाँ बेरुजु खातामा दाखिला गर्नु पर्ने सुझाव दिइएको छ ।

सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १९ मा रु २० हजारभन्दा वढीको खरिद गर्दा भ्याटमा दर्ता भएका फर्मसँग मात्र खरिद गर्नुपर्ने उल्लेख छ तर यस पालिकाले मसलन्द तथा कार्यालय सामाग्री खरिदवापत रकम भुक्तानी भनी नेपाल क्राफ्टबाट रु ६१ हजार छसय प्यानविल समावेश गरी भुक्तानी भएको देखिन्छ । पालिकाले नियममा भएको व्यवस्था विपरित खरिद गरेको सो रकम बेरुजु देखाइएको छ ।
वातावरण तथा सरसफाइ व्यवस्थापनका लागि पालिकाले न्यु प्रगतिशिल इन्टरप्राइजेज वाट १६० थान डस्वीन स्ट्याण्ड खरिद गरी रु ३ लाख ७९ हजार ६८० भुक्तानी भएको छ । तर पालिकाबाट ५० थान डस्टबीन वितरण नभएकाले सो बराबरको एकलाख १८ हजार छसय ५० रुपैयाँ बेरुजु देखाइएको छ ।

पालिकाबाट पाँचवटा फर्मलाई भुक्तानीमा भ्याट बिल दिएकोमा लेखापरीक्षण अवधिसम्म पनि ती फर्महरूले कर विवरण नबुझाई नन्फाईलर रहेको पाइयो । तसर्थ उक्त फर्मले रितपूर्वकको कर बिजक वेगर भुक्तानी दिएकोले सो बापतको सातलाख ६६ हजार रुपैयाँ बेरुजु भएको छ ।
पालिकाले उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन सम्वन्धी कार्यविधि तयार गरी सोही अनुसार कार्य गर्नु पर्ने साथै उपभोक्ता समिती र पालिका विच भएको सम्झौता बमोजिम उपभोक्ता समितिको योगदान रहने साथै भुक्तानी दिदा उपभोक्ता समितीको योगदान अंश कट्टा गरी भुक्तानी दिनु पर्नेमा खेल मैदान निर्माण कार्य गर्दा उपभोक्ता समितिको योगदानबापत रकम कट्टी नगरी भुक्तानी भएकाले ३१ हजार रुपैयाँ बेरुजु देखिएको छ ।

मसेलको विन्द्रावती माविमा कक्षा कोठा निर्माण सम्बन्धी काममा लागत अनुमान भन्दा बढि रकम भुक्तानी दिएकाले १५ हजार ३१ रुपैयाँ बेरुजु देखाइएको छ ।

पाँच लाख रुपैयासम्मको निर्माण कार्य सोझै खरिद गर्न सकिने, पाँचलाखदेखि २० लाखसम्म लागत अनुमान भएको निर्माण कार्य सिलवन्दी दरभाउपत्रबाट गर्नुपर्ने व्यवस्था छ । तर पालिकाले रोशन निर्माण सेवालाई मलामी ट्रष्ट भवन निर्माणको लागि नौलाख १३ हजार रुपैयाँ बराबरको काम बिना प्रतिस्पर्धा गराएको छ । पालिकाले लागत अनुमान नै तयार नगरी सिधै कोटेशनबाट गरिएको खर्च नियमसम्मत नदेखिएकाले रु नौलाख १३ हजार रुपैयाँ बेरुजु देखाएको छ ।

सो पालिकाले विभिन्न १६ वटा पूर्वाधार निर्माण तथा स्तरोन्नतिको काम गर्दा सम्झौता तथा लागत अनुमान भन्दा बढि भुक्तानी दिएको पाइएकाले सोबापतको ३४ हजार रुपैयाँ बेरुजु देखाएको छ ।
दुल्लभ क्याम्पस विस्तार तथा तला थप कार्यमा निर्धारित स्वायरफिट भन्दा बढि दरमा भुक्तानी भएको छ । जसबापत बढी भुक्तानी हुन आएको ९३ हजार बेरुजु देखाइएको छ ।

प्रतिक्रिया दिनुहोस्