
११ हजारभन्दा बढी सवारीसाधन कारवाहीमा पर्दा ७२ लाख राजस्व संकलन
केशव गुरुङ :
गोरखामा सवारी नियम उल्लंघन गर्नेको संख्या हरेक वर्ष बढ्दै गएको छ । जिल्ला टूाफिक प्रहरी कार्यालय गोरखाको तथ्यांकअनुसार विगतका बर्षहरुको तुलनामा बर्षेनी बढ्दै गएको देखाएको हो ।
चालु आ.ब. २०७८÷०७९ मा गोरखामा ११ हजार दुई सवारी साधन कारवाहीमा परेका छन् । उनीहरुबाट ७२ लाख ९८ हजार राजस्व संकलन गरिएको जिल्ला टूाफिक प्रहरी कार्यालय गोरखाका ट्राफिक प्रहरी प्रमुख बेदनाथ भण्डारीले बताए । सवारी चालकले गल्ती गर्दा धेरै राजस्व संकलन भएको उनको भनाइ छ । जसअनुसार कारबाहीमा पर्ने सबैभन्दा धेरैमा ट्याक्टर रहेका छन् ।
चार हजार ४ सय ६२ वटा ट्याक्टर कारबाहीमा पर्दा २९ लाख १६ हजार पाँच रुपैयाँ राजस्व संकलन भएको उनले बताए । दुई हजार एक सय २५ वटा कार, जीप कारवाहीमा पर्दा १३ लाख २० हजार राजस्व संकलन गरेको छ । त्यस्तै, एक हजार आठ सय ३० टूकलाई कारवाही गर्दा १२ लाख ६६ हजार राजस्व संकलन भएको उनले जानकारी दिए । एक हजार तीन सय ९७ मोटरसाइकल कारवाहीमा पर्दा नौ लाख १८ हजार पाँच सय र एक हजार तीन सय ८६ बस चालक कारवाहीमा पर्दा आठ लाख ७७ हजार राजस्व संकलन भएको उनले बताए ।
पछिल्लो समयमा निजी सवारी साधनको संख्या बृद्धि हुनु, ग्रामीण क्षेत्रमा सडक सन्जालको व्यापक विस्तार हुनु र आम सर्वसाधारणमा टूाफिक नियम सम्बन्धी चेतना भएर पनि व्यवहारमा लागु नगर्दा धेरै कारवाही पर्ने गरेको भण्डारीले जानकारी दिए । ‘चेकजाँचको क्रममा धेरैले लाइसेन्स नलिएको र बिलबुक नवीकरण नगरेको भेटिएको छ’, उनले भने ।
नम्बरप्लेट नभएका, मादक पदार्थ सेवन गरेर सवारी चलाएका, नो पार्किङमा सवारी रोकेका, हेल्मेट नलगाएका तथा क्षमताभन्दा बढी यात्रु बोक्ने सवारी साधन कारबाहीमा परेको टूाफिक प्रहरीले जनाएको छ । एकै खाले गल्ती चालकहरुले पटक(पटक गर्ने गरेका कारण कारवाही बढेको प्रहरीले जनाएको छ ।
ग्रामीण क्षेत्रमा टूाफिक प्रहरीको पहुँच नपुगेकाले नियम उल्लंघन गरी सवारी साधन चलाउने बढ्दै गइरहेको कार्यालयले जनाएको छ । टूाफिक नियम उल्लंघन न्यूनीकरणका लागि जिल्लाका विभिन्न क्याम्पस, विद्यालयहरुमा स्कुल सम्पर्क कार्यक्रमहरु पनि संचालन भइरहेको उनले जानकारी दिए ।
त्यस्तै, सवारी चालकलाई सचेत गराउन र टूाफिक नियम पालन गरी सवारी दुर्घटना न्यूनीकरण गर्न जिल्लाका मुख्य नाका र सडक खण्डमा दैनिक दुईपटक चेकजाँच गर्ने गरेको उनले जानकारी दिए । ठाँटीपोखरी, आरुघाट, घ्याम्पेशाल, मझुवा(देउराली, १२ किलो, नयाँसाघु गरी जिल्लाका सात ठाउँको अस्थायी प्रहरी पोष्टमा चेकजाँच गर्ने गरेको उनले बताए ।
अघिल्लो वर्षको तुलनामा कारवाहीमा पर्ने सवारी संख्या र राजस्व संख्यामा पनि बढ्दै गएको उनले बताए । कार्यालयका अनुसार २०७६÷०७७ मा दशहजार एकसय ५० सवारी साधन कारवाहीमा पर्दा ७२ लाख सातहजार र २०७७÷७८ मा आठ हजार पाँचसय सवारी साधन कारवाहीमा पर्दा ६० लाख २९ हजार पाँच रुपैया राजस्व संकलन गरेका थिए ।




