| सोमवार, कार्तिक २३, २०८३

बारपाकका दलित समुदायले चाँडै घर बनाएर बस्न पाउन्

२०७२ सालको भूकम्पको इपिसेण्टर भनेर बारपाकको नाम राष्टिूय, अन्तर्राष्टिूयकरण भयो । बारपाकको नाममा धेरै एनजीओ, आइएनजीओहरुले विभिन्न कार्यक्रम, योजना, आयोजनाहरु सञ्चालन गरे । कैयौँले बारपाकको ‘स्टोरी’ लेखेर इनाम पाए, धेरै बारपाकको वृत्तचित्र बनाएर पुरस्कार, सम्मान ग्रहण गरे । इपिसेण्टरमा काम गरेको प्रमाणपत्र पेश गरी धेरैले आफ्नो प्रोफाइलको उचाइ बढाए र देश, विदेश भ्रमण गर्न पाए तथा करिअर बनाए ।

तर दुखको कुरा इपिसेण्टरकै दलित समुदायले अहिलेसम्म नयाँ घर बनाएर बस्न पाएका छैनन् । भूकम्प गएको सात बर्ष बित्यो, तर त्यहाँकै दलित समुदाय अहिलेसम्म टहरोमै छन् । टहरोको बास कष्टकर छ । जाडोमा उस्तै सकस, झरीमा उस्तै झरी । चैत, बैशाखमा हावाहुरीले टहरो उँडाएर उत्तिकै कष्टकर जीवन छ ।

पुरानै जोखिम बस्तीमा बस्ने कि नयाँ बस्तीमा बस्ने भन्नेमा दलित समुदायभित्रै राजनीति सुरु भयो । माओवादी निकट दलित समुदाय पुरानै थलोमा घर बनाएर बस्न थाले, तर कांग्रेस निकट दलित समुदाय आरसियुपी टोलमा टहरो बनाएर सातबर्षदेखि बसिरहे ।
अहिले सरकारले एउटा निर्णय ग¥यो, १५ घर दलित समुदायको घर रहेको जोखिम जमिन भूकम्प स्मृति पार्कका लागि प्रदान गर्ने र भूकम्प स्मृति पार्कका लागि प्राप्त जग्गा सोही क्षेत्रफलको जग्गा उनीहरुलाई घर बनाएर बस्न उपलब्ध गराउने ।

यो निर्णयले बिगत सात बर्षदेखि हिमपात, झरी, हुरीको सास्ती खेपेर बसेका बारपाकका दलित समुदाय खुशी छन् । सातबर्षको कष्टकर जीवन यापनपछि अहिले न्याय पाएको उनीहरुको भनाइ छ ।

सातबर्षको लामो अन्तरालपछि निर्णय त भयो, अब कार्यान्वयनका लागि सरकारले फास्ट टूयाकमा काम गरिदिनु पर्छ, ताकि उनीहरुले यो शिशिरमा हिमपातको कष्ट टहरोभित्र कटाउनु नपरोस् ।

प्रतिक्रिया दिनुहोस्