| मङ्लबार, कार्तिक २४, २०८३

अख्यितयारमा गोरखाका ५० उजुरी, स्थानीय तहका सबैभन्दा धेरै

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गोरखाबाट ५० वटा उजुरी परेको छ । यीमध्ये सबैभन्दा धेरै उजुरी स्थानीय तहको रहेको आयोगले जनाएको छ ।

आर्थिक वर्ष २०७८/०७९ मा गोरखाबाट ५० उजुरी दर्ता भएको थियो भने अघिल्लो वर्षबाट २९ वटा उजुरी जिम्मेवारी सरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराले जनाएको छ । स्थानीय तहतर्पm ४४ वटा, प्रदेश तर्पmको २० वटा र संघतर्पmको १५ वटा उजुरी परेको सुचना अधिकारी राजु कुँवरले जानकारी दिए ।

स्थानीय तहको तर्फबाट ४४ वटा उजुरीमध्य ३४ वटा उजुरी फस्र्यौट भइसकेको र १० वटा फस्र्यौट हुन बाँकी उनले बताए । संघतर्पm १५ वटा उजुरी परेकोमा नौ वटा फस्र्यौट भइसकेको र छ वटा बाँकी छ । प्रदेशतर्फ २० वटा उजुरी परेकोमा १० वटा फस्र्यौट भइसकेका र १० वटा बाँकी रहेको सूचना अधिकारी कुँवरले बताए ।

कार्यालयको तथ्यांक अनुसार स्थानीय तह संघीय मामलातर्फ २६ वटा उजुरी परेको थियो । तीमध्य २० वटा उजुरी फस्र्यौट भइसकेको र ६ वटा उजुरी बाँकी रहेको छ । स्थानीय तहको शिक्षातर्फ १८ वटा उजुरी परेकोमा १४ वटा फस्र्यौट भइसकेको र ४ वटा बाँकी रहेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयतर्पm पाँच वटा उजरी परेकोमा दुईवटा फस्र्यौट भइसकेको र तीनवटा बाँकी छ ।

प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगत खानेपानी र शहरी विकासतर्फ पाँच वटा उजुरी परेको थियो । तीमध्य दुईवटा फर्छौट भइसकेको र तीन वटा उजुरी फछ्र्यौट हुन बाँकी रहेको छ ।

प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तरगत वन वातावतरणतर्पm तीनवटा उजुरी परेको एउटा फस्र्यौट भइसकेको र दुई वटा उजुरी फस्र्यौट हुन बाँकी रहेको उनले बताए । प्रदेशभूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तरगत कृषि तथा पशुपंक्षी विकास बाहेकका दुई वटा उजुरी परेकोमा दुवै उजुरी फर्छौैट हुन बाँकी छ ।

प्रदेशभूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तरगत कृषि तथा पशुपंक्षी विकासतर्पm चार वटा उजुरी परेकोमा दुई वटा फस्र्यौट भइसकेको र दुई वटा बाँकी रहेको छ । गृहमन्त्रालय र सामाजिक विकास मन्त्रालय स्वास्थ्य तर्पm एक÷एक वटा उजुरी परेको दुवै उजुरी फस्र्यौट हुन बाँकी रहेको छ ।

उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयमा दुई उजुरी परेकोमा एउटा फस्र्यौट भएको र एउटा बाँकी रहेको छ ।
अन्य बाँकी मन्त्रालय अन्तरग १२ वटा उजुरी परेकोमा ११ वटा फस्र्यौट भइसकेको र एक वटा बाँकी छ ।

सबै गरेर कुल जम्मा ७९ वटा उजुरी परेकोमा ५३ वटा फस्र्यौट र २६ वटा फस्र्यौट हुन बाँकी रहेको कार्यालयले जनाएको छ ।
११ जिल्ला रहेको गण्डकी प्रदेशमा सबै भन्दा धेरै उजुरी पर्नेमा कास्की जिल्ला रहेको छ ।

कास्कीको चार सय ५७, तनहुँको एक सय ३७, पर्वतको एक सय १५, स्याङ्जाको एक सय सात, बाग्लुङको ८९ र गोरखाको ७९ वटा उजुरी परेको कार्यालयले जनाएको छ ।

त्यस्तै, म्यादीको ६५, लमजुङको ४६, मनाङको १३ र मुस्ताङबाट १० वटा उजुरी परेको जनाएको छ । सबै गरेर प्रदेशभरि कुल ११ सय १८ वटा उजुरी परेको छ । तीमध्य सातसय छ वटा उजरी फर्छौट भइसकेको छ भने चार सय १२ वटा उजुरी फर्छौट हुन बाँकी रहेको सुचना अधिकारी कुँवरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्