| सोमवार, कार्तिक २३, २०८३

दरौँदी फुर्बुजे कृषि सहकारी संस्थाको दोस्रो साधारण सभा सम्पन्न


अजीरकोट गाउँपालिका ४ को दरौँदी फुर्बुजे कृषि सहकारी संस्थाको दोस्रो साधारण सभा मंगलबार सम्पन्न भएको छ । बाख्रा पालन गरिरहेको सो सहकारी संस्थाको साधारण सभा सोही बाख्रापालन केन्द्रमा सम्पन्न भएको हो ।


संस्थाका अध्यक्ष मित्र दवाडीको अध्यक्षतामा सम्पन्न साधारण सभामा प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडी, वडा नं. ४ का अध्यक्ष जंगबहादुर गुरुङ, संस्थाका सल्लाहकार दयानिधि दवाडी, माउसुलीपाखा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष वुद्धिबहादुर तामाङ लगायतले शुभकामना व्यक्त गरेका थिए ।


साथै सो कार्यक्रममा शिक्षक झनबहादुर दवाडी, मित्रनाथ दवाडी, पूर्णचन्द्र दवाडी, दयाराम दवाडी लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रकाशचन्द्र दवाडीले खालि जग्गाको अधिक भन्दा अधिक उपयोग गरेर, सामुदायिक वनका खालि जग्गाहरुको पनि प्रयोग गरेर कृषकहरुले व्यवसायिक रुपमा कृषि व्यवसाय गर्नुपर्ने बताए । किसानहरुको साथमा गण्डकी प्रदेश सरकार रहेकाले आफू सहयोगका लागि लागि पर्ने उनले बताएका थिए ।


त्यस्तै वडाअध्यक्ष जंगबहादुर गुरुङले प्रदेश सरकारबाट तथा पालिकाबाट अनुदान लिनका लागि मात्र कृषि सहकारी संस्थाहरु स्थापना गर्ने नभै सहकारीको मूल मर्म र भावना अनुसार काम गर्नुपर्नेमा जोड दिएका थिए । अन्यथा लथालिंग र भताभुंग पारामा संस्था सञ्चालन गरेमा कारबाहीका लागि सिफारिस गर्न आफू बाध्य हुनुपर्ने उनको भनाइ थियो ।


स्थानीय वुद्धिबहादुर तामाङले मुलुकलाई कागजप्रधान देश नबनाई साँच्चै कृषिप्रधान देश बनाउन कृषि सहकारीहरु सक्रिय हुनुपर्ने बताएका थिए । पैसा मात्र रोपेर, मुखले मात्र खोकेर देश नबन्ने भन्दै उनले कृषिप्रधान देश बनाउन कृषि सहकारीहरुले योगदान दिनुपर्ने उनको तर्क थियो ।

प्रतिक्रिया दिनुहोस्