| शनिबार, अशोज २३, २०८३

२०९ औं भानु जयन्तीमा पुस्तक लोकार्पण


अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नर्थ क्यारोलाईना, एनसीएनसी नेपाली साहित्य समाजको आयोजनामा क्यारी शहरको नर्थ क्यारी पार्क सेल्टरमा २०९ औँ भानुजयन्ती मनाइएको छ ।


कार्यक्रममा गÞजÞलकार डा ऋषि बस्ताकोटीद्वारा लिखित मुक्तक संग्रह ‘बिसंगत बस्ती’ लोकार्पण तथा कवि सुरेशकुमार भट्टद्वारा लिखित सोली डोली, लोकवेद, साइनु, लोककाव्य, काँचुली उक्तक संग्रह, मलाई मन पर्छ बाल कविता संग्रह र तृतीय समर कोरोना कहर हाइकु–कविता संग्रहको लोकार्पण तथा समीक्षा गरिएको थियो ।


मुक्तककार डा बस्ताकोटीको ‘बिसंगत बस्ती’ र कवि भट्टका पाँचै कृतिको प्रभा पोखरेल, नम्रता गुरागाईले समीक्षा गरेका थिए । त्यसैगरी वातावरण विदद्वय डाक्टर अच्युत शर्मा र ईश्वरचन्द्र देवकोटा, अर्का समीक्षक कल्पना बस्ताकोटी समीक्षा गरेका थिए ।


कार्यक्रममा आदिकवि भानुभक्त आचार्य रचित रामयण वाचनका अतिरिक्त कविहरूले कविता बाचन गरेका थिए । अनेसासकी अध्यक्ष नम्रता गुरूगाईंको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा समीक्षक डाक्टर अच्युत शर्मा, ईश्वरचन्द्र देवकोट ,नगेन्द्र न्यौपाने, नारायण राजभण्डारी, निर्मला राजभण्डारी, प्रभा पोखरेल, कल्पना बस्ताकोटी, एनसीएनसीका अध्यक्ष आरपी पौडेल र नम्रता गुरागाईंले प्रकाश पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्