
नडराउनू, सचेत हुनू
कोभिड १९ को चौथो श्रृङ्खला फेरि सुरु भएको छ । हरेक दिन तीन अंकले बढ्न थालेको कोभिडका संक्रमित गोरखामा पनि देखिन थालेका छन् । विश्वलाई स्तब्ध गराएको कोभिडसँग ख्यालख्याल गर्नु हुदैन भन्ने त विगतबाट पाठ सिकिसकिएको छ । त्यसैले अब सबैले यससित नडराई सतर्कताको पूरापूर उपायहरु अपनाउनु जरुरी देखिएको छ ।
खोप लगाएको छु भनेर हेलचेक्य्राइँ गर्नु हुदैन, किनभने अहिले जति संक्रमित देखिएका छन्, जति जनाको मृत्यू भएको छ, तिनीहरु सबैले पूरै डोज खोप लगाएका थिए । त्यसैले कुनै पनि बहानामा यसप्रति खेलाँची गर्नुहुदैन ।
कोभिडका विरामी देखिन थालेपछि जिल्ला विपत व्यवस्थापन समितिले बैठक गरी बिगतमा गरिएका रोकथाम तथा यसलाई व्यवस्थापन गर्ने उपायहरु अपनाउने निर्णय गरेको छ । रोकथामको सबैभन्दा प्रमुख उपाय मास्क हो । अब हरेक कार्यालय प्रवेश गर्दा मास्क अनिबार्य गरिएको छ । त्यस्तै बिरामी तथा संक्रमितहरुलाई उपचार सेवा दिन स्वास्थ्य संस्थाहरुमा आइसोलेशन वार्ड बनाउन निर्देशन दिने निर्णय गरेको छ । कोभिडका बिरामी आएमा उपचार गराउन विपत व्यवस्थापन समितिको बैठकले गोरखा अस्पताललाई न्यूनताम पाँच शैया छुट्टाई राख्न र आवश्यकता अनुसार बेडलाई विस्तार गर्दै लैजान निर्देशन दिने निर्णय गरेको छ ।
वैठकले कोभिड(१९ प्रतिकार्यको लागि स्वासथ्य संस्थाहरुमा आवशयक स्वासथ्य सुरक्षा सामाग्री, एचडीयू, आईसीयू र भेन्टिलेटर सहितका अस्पताल बेडहरु, स्वास्थ्य सामाग्री, जनशक्ति, औषधी र अक्सिजन लगायतलाई तयारी अवस्थामा राख्न निर्देशन दिने पनि निर्णय गरेको छ । त्यस्तै हरेक सरकारी कार्यालयमाभित्र प्रवेश गर्दा मास्कको प्रयोगलाई अनिवार्य गर्ने र प्रत्येक कार्यालयको प्रवेशद्वारमा स्यानिटाइजरको व्यवस्था मिलाउने, सेवाग्राहीको भिडभाड हुने सरकारी कार्यालयहरुमा सेवा लिन आउदा र सार्वजनिक यातायातमा मास्कको प्रयोग अनिवार्य गर्ने र स्यानीटाइजरको व्यवस्था मिलाउनुपर्ने वैठकले निर्णय गरेको छ ।
विद्यालय, विश्वविद्यालय, धार्मिक स्थल, भीडभाड हुने प्रकृतिका व्यवसायिक तथा मनोरन्जनहरु, स्टेडियम आदि सार्वजनिक स्थलहरुमा मास्क अनिवार्य प्रयोग गर्न समेत वैठकले निर्देशन दिएको छ ।
पूर्व सावधानी अपनाऔँ, कोभिडबाट आफू पनि बचौँ, अरुलाई पनि बचाऔँ ।




