| मङ्लबार, कार्तिक २४, २०८३

भच्चेकमा भएको निशुल्क आँखा शिविरमा एक सय ९० जना लाभान्वित

गोरखाको अजिरकोट गाउँपालिकाको भच्चेक स्वास्थ्य चौकीमा अजिरकोट आँखा उपार केन्द्रमा संन्चालन भएको निशुल्क आँखा तथा मोतिविन्दुको शल्यक्रिया स्वास्थ्य शिविरमा एक सय ९० जनाले सेवा लिएका छन् ।

साउन ४ देखि ५ गते सम्म संचालन भएको शिविरमा एक सय ९० जनाले आँखा जाँच गरेका थिए भने ३३ जनाको मोतिविन्दुको सफल शल्यक्रिया गरिएको आयोजनक संस्था मुटु फाउन्डेशनका अध्यक्ष धन बहादुर गुरुङले जानकारी दिए ।

शिविरमा अजिरकोट गाउँपालिका, बारपाक सुलिकोट गाउँपापलपका र लम्जुङ लगायतका स्थानीयहरु सेवा लिएका आएका थिए ।

अजिरकोट गाउँपालिका वडा नं ३ को आयोजना, नेपाल आँखा अस्पताल त्रिपुरेश्वरको प्राविधिक सहयोग तथा मुटु फाउन्टेशन नेपाल, मनोज एसोसिएन फ्रान्स सोलिड अप पेरिसको मुख्य प्रायोजनामा शिविर सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्