
बिपि स्मृति दिवसको अबसरमा काग्रेस गोरखाद्धारा अस्पतालका बिरामीलाई फलफुल बितरण
नेपाली कांग्रेस गोरखाले गोरखा अस्पतालमा उपचाररत बिरामीहरुलाई फलफूल वितरण गरेको छ । नेपाली कांग्रेस जिल्ला समितिको आयोजनामा शुक्रबार बीपी कोइरालाको ४० औं स्मृति दिवसको अवसर पारेर अस्पतालमा रहेका बिरामीहरुलाई फलफूल बितरण गरेको हो ।
अस्पतालमा रहेका २१ जना बिरामीलाई फलपूmल वितरण गरिएको पार्टीका जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले जानकारी दिए ।
उनकाअनुसार हरेकवर्ष नेपाली कांग्रेसका जन्मदाता बीपी कोइरालाको स्मृतिमा वृक्षारोपण, विचार गोष्ठी गर्दै आएकोमा यो वर्ष अस्पतालका विरामीहरुलाई फलपूmल वितरण गरिएको हो ।
जिल्ला सभापति न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सचिव कृष्णबहादुर आलेमगर, महासमिति सदस्य राजनराज पन्त, केन्द्रीय महाधिवेशन प्रतिनिधि सुवास अधिकारी, जिल्ला सहसचिव लुमनाथ लामिछाने, गोरखा नगरपालिकाकी उपमेयर सपना पुनलगायतको सहभागिता रहेको थियो ।




