| सोमवार, कार्तिक २३, २०८३

सवारी चेकजाँच सघन पार

कुनै समय थियो, अनियमितता गर्यो भने प्रहरीले छाड्नेवाला छैन भनेर सदरमुकामदेखि दुर्गम गाउँसम्मका सबका सब सतर्क रहन्थे । सजग रहन्थे ।

प्रहरी बिहान छ बजे कसरतका लागि बजारमा कुद्थ्यो । कुद्ने क्रममा प्रहरी प्रमुख स्वयं पनि र अरु सकल दर्जाका प्रहरी अनियमितता निगरानी गर्थे । जसले जहाँ जे अनियमितता देख्थे, ठाउँका ठाउँ ठिक पार्थे । दौडिरहेका प्रहरी प्रमुखले कुनै मोटरसाइकल चालकले हेलमेटको फिता कसेको रहेनछ भने फिता कस् भन्दै कुद्थे । फुटपाथमा सामान देखे भने यो हटा भन्दै कुद्थे । इत्यादि ।

जिल्ला सदरमुकामको प्रहरी कडा छ भन्ने सन्देश गाउँगाउँमा पुगेपछि हिँजोसम्म नारिएर हिँड्ने गाउँका चौकीका प्रहरीलाई पनि त्यही रुपमा हेर्थे । अनियमितता गर्नेहरु प्रहरीको मुखमा ठाडो शीर गरेर हेर्दैनथ्यो ।

एउटा यस्तो समय थियो, जुन समयमा प्रहरीले खुट्टा दह्रो गरी टेकेको थियो । जस्तै मै हुँ भनेर डनगिरी गर्ने पनि कि सच्चिएका थिए, कि जिल्ला छाडेका थिए । प्रहरी स्वयंको पनि शीर ठाडो भएको थियो । दैनिक टूाफिक चेकजाँच र गल्ती गर्नेलाई हदैसम्मको कारबाही हुन्थ्यो । प्रहरी कार्यालयमै बास गर्ने होउन् वा प्रहरीलाई साख्खै नाता पर्छ भन्ने (गैरप्रहरी)हरुले पनि गल्ती गरेको भए दोस्तीका आधारमा क्षमा पाउँदैनथे । चोरीका मोटरसाइल चलाउनेले त्यस्ता मोटरसाइकल गण्डकीमा फालेका थिए । यस्ता कैयौँ सुधारका काम भएका थिए, जसले अपराधका घटना ज्यादै न्यून थियो ।

तर त्यो सँधै कायम रहेन । प्रहरी प्रमुख फेरिएपिच्छे फरक, फरक शैलीले कार्यसम्पादन भए । फलतः अस्ति भत्काइएका फुटपाथका संरचना फेरि बन्न थाले । मापसे गरेर वा सवारी नियम मिचेर वा चोरीका सवारी साधन चल्न थाले । मत्थर हुदै गएका आपराधिक गतिविधिले टाउको उठाउँदै गयो ।
अहिले सवारी दुर्घटनाको दर बढ्नुको कारण पनि त्यो भन्दा फरक अरु केही होइन ।

प्रतिक्रिया दिनुहोस्