| मङ्लबार, कार्तिक २४, २०८३

गोरखामा मापसे गरी सवारी चलाउने दुई सय १८ जना कारवाहीमा

गोरखामा विगत तीन वर्षको अवधिमा मापसे गरी सवारी साधन चलाएका दुई सय १८ सवारीधनी कारवाहीमा परेको जिल्ला ट्राफिक कार्यालय गोरखाले जनाएको छ । कार्यालयका अनुसार मापसे गरेर सवारी चलाउनेमा सबैभन्दा धेरै मोटरसाइकल चालक रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले तयार पारेको विश्लेषणको निश्कर्ष छ ।

चालु आ.ब. २०७८÷७९ मा ५७ जना मोटरसाइक चालकलाई मापसे कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख बेदनाथ भण्डारीले जानकारी दिए । उनका अनुसार अघिल्लो वर्षमा मापसे गरेर कारजीप चलाउने ११ जना चालक कारबाहीमा परेका छन् । त्यस्तै, ट्रक÷टेंकरका दुई जना, बसका चार जना, टेक्टरका १० जना सवारी चालकलाई कारवाही गरिएको छ ।

तीनबर्षे सवारी कारबाहीको विश्लेषण गर्दा २०७६÷०७७ मा यस्तो प्रकृतिको कारबाही ८२ वटा सवारीका चालकलाई गरिएको छ । २०७७÷०७८मा मापसे गरेर चलाइएका ५२ वटा सवारी साधनका चालकलाई कारबाही गरिएको कार्यालयले जनाएको छ । विगत तीन वर्षको अवधिमा दुई लाख १८ हजार राजस्व संकलन भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्