| मङ्लबार, कार्तिक २४, २०८३

गोरखा अस्पताललाई हव अस्पतालका रुपमा विकास गर्न सम्झौता पत्रमा हस्ताक्षर

गोरखा सदरमुकाममा रहेको गोरखा अस्पताललाई हव अस्पतालका रुपाम विकास गर्न सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । गोरखा अस्पताल व्यवस्थापन समिति र निक साइमन्स इन्टिच्यूट बीच शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

गोरखा अस्पताललाई निक साइमन्स इन्टिच्यूटको उपचारत्मक सेवा सहयोग कार्यक्रम अन्तरगत हव अस्पतालको रुपमा विकास गर्न सम्झौता पत्रमा हस्ताक्षर गरिएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले बताए ।

संघिय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहकार्य अनुरुप यो सम्झौता भएको बताउदै उनले भने, ‘हव अस्पताल भन्नाले अस्पतालबाट प्रदान गरिने बहु विषेशज्ञ सेवाको सुनिश्चितता र निरन्तरता लाई जनाउछ । यस अन्तरगत अस्पतालको स्तर ( सेकेण्डरी ए स्तरको अस्पताल ) बाट प्रदान गरिनु पर्ने विषेशज्ञ लगायत अन्य जनशक्ति, उपकरण तालिम र कर्मचारी आवासको व्यवस्थापन पर्दछ ।’

हव अस्पताल बनाउनुको उद्धेश्य सेकेण्डरी ए स्तरको गोरखा अस्पतालबाट प्रदान हुनुपर्ने सम्पुर्ण सेवाको निरन्तरता र गुणस्तरीय सेवा प्रवाह गर्नु रहेको उनले जानकारी दिए । उनका अनुसार यो कार्यक्रम सम्झौता भए अनुसार यहि श्रावण देखि कार्यान्वयन हुनेछ ।

यसको समयावधि ५ बर्ष सम्म रहेको बताउदै २०८३ आषाढ मसान्त कार्यक्रम संचालन हुने उनले बताए ।

यस्तै, गोरखा अस्पताल भुकम्पपश्चात पुननिर्मित सुविधा सम्पन्न भवनबाट सेवा सञ्चालन पश्चात एकपछि अर्को सेवा सञ्चालनमा ल्याउने क्रममा हाल ठुला अप्रेशन, प्रयोगशालामा कल्चर, सेवा संञ्चालनमा आएको सूचना अधिकारी ढकालले बताए । यसैगरी निकट भविष्यमा नै थाइराइट हर्मोन जाचं सेवा, डायलाइसिस, एचडियु, आइ. सि. यु लगायतका सेवा सञ्चालन अन्तिम तयारीमा रहेको अस्पताले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्