| मङ्लबार, कार्तिक २४, २०८३

गोरखामा एकबर्षमा ९१७ वटा ब्यवशाय दर्ता, ६८ वटा खारेजी

गोरखामा एकवर्षमा नौसय १७ वटा ब्यवशायिक फर्महरु दर्ता भएका छन् । २०७८÷०७९ मा छ सय ५६ वटा उद्योग र दुई सय ६१ वटा बाणिज्यतर्फका फर्म दर्ता भएका हुन् । घरेलु तथा साना उद्योग बिकास कार्यालय गोरखामा सबैभन्दा धेरै गत आर्थिकवर्ष कृषि तथा बन

पैदावारमा आधारित उद्योग दर्ता भएको कार्यालय प्रमुख सूर्य भुजेलले बताए ।
पर्यटनमुलक ७३ वटा, सेवा मुलक ५६, उत्पादन मुलक २३, निर्माण मुलक एउटा उद्योगतर्फका फर्म दर्ता भएका छन् । उद्योग तथा बाणिज्यतर्फका फर्म दर्ता भएका फर्महरु अधिकांश महिलाको नाममा दर्ता भएका छन् ।
‘महिलाको नाममा दर्ता भएका उद्योगलाई ५० प्रतिशत राजस्व छुट छ’, घरेलु तथा साना उद्योग विकास कार्यालयका प्रमुख भुजेलले भने, ‘दलित र बिपन्नको हकमा पनि छुट हुन्छ तर प्रमाणित कागजात चाहिन्छ ।’

गत आर्थिक वर्ष बाणिज्य तर्फ २७ वटा फार्म खारेज भएका छन् भने उद्योगतर्फ ४१ वटा फर्म खारेज भएका छन् । लामो समयदेखि बन्द रहेका उद्योग र फर्महरु संचालकको अनुमतिमा कार्यालयले प्रक्रिया पूरा गरी खारेज गरेको कार्यालय प्रमुख भुजेलले जानकारी दिए ।

घरेलु कार्यालयको वित्तीय प्रगति ७० प्रतिशत

घरेलु तथा साना उद्योग विकास कार्यालयको वित्तीय प्रगति ७० प्रतिशत भएको छ । आर्थिक वर्ष २०७८÷०७९ मा चालु बजेटतर्फ भौतीक प्रगति ८३ दशमलव २७ प्रतिशत र बित्तीय प्रगति ७६ दशमलव ८१ प्रतिशत भएको कार्यालय प्रमुख सूर्य भुजेलले बताए । पुँजीगततर्फ वित्तीय प्रगति ५९ दशमलव ५७ प्रतिशत र भौतिक प्रगति ८६ दशमलव ६७ प्रतिशत रहेको उनले जानकारी दिए । कार्यालयले गत आर्थिक वर्ष ८९ दशमलव ९८ प्रतिशत प्रगति हाँसिल गरेको छ ।

काम सम्पन्न भएका केही कार्यक्रमको भुक्तानी दिन बाँकी रहेकाले बित्तीय र भौतिक प्रगतिमा अन्तर देखिएको कार्यालय प्रमुख भुजेलले बताए । ‘सिस्टम बन्द भएर अन्तिम समयमा केही कामको भुक्तानी बाँकी छ’, उनले भने, ‘हामीले मन्त्रालयमा लेखी पठाएका छौँ ।’

प्रतिक्रिया दिनुहोस्