| मङ्लबार, कार्तिक २४, २०८३

गोरखामा विहिबार तीन जनामा कोरोना संक्रमण पुष्टि

गोरखामाविहिबार तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय गोरखाका अनुसार तीन जना महिलालाई कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

गोरखा अस्पताल चार जना महिला र एक जना पुरुषमा गरिएको चेकजाँचमा क्रममा तीन जना महिलामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय गोरखाका महामारी फोकल पर्सन नारायणबाबु अर्यालले बताए ।

योसँगै गोरखामा कोरोना संक्रिय सक्रमतिको संख्या आठ पुगेको छ । गोरखा नगरपालिकामा ६ जना, पालुङटार नगरपालिका र भिमसेनथापा गाउँपालिकामा एक÷एक जना कोरोनाको संक्रिय संक्रमित रहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्