| सोमवार, कार्तिक २३, २०८३

लडेर घाइते भएका गोरखा टारीफाँटका पुरुषको मृत्यु


भीमसेनथापा गाउँपालिका ३ टारीफाँटमा घाँस काटेर फर्किने क्रममा चिप्लेर लडेका एक पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । ५० वर्षीय दयाराम लामिछानेको बुधबार दिउसो मृत्यु भएको हो ।


नजिकैको टारीफाँट सामुदायिक वनमा घाँस काटी फर्कने क्रममा एक्कासी चिप्लिएर २० मिटर तल पुगेका उनको उपचारको क्रममा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले बताए । लडेर घाइते भएका उनलाई आफन्तहरुले थप उपचारकका लागि आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्र आरुघाट लगेका थिए ।


ईलाका प्रहरी कार्यालय आरुघाट खटिई गएको टोलीले मुचुल्का लगाययतका प्रारम्भिक अनुसन्धान सम्पन्न गरी मृतककाके लाश पोष्टमार्टम गरी आफन्तलाई जिम्मा लगाइएको डिएसपी लामिछानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्