| सोमवार, कार्तिक २३, २०८३

विमा रकम दिन किन आनाकानी ?

जीवन बिमा गराउने एजेण्टहरु यति धेरै छन्, र पनि बिमा गर्नेहरुको संख्या प्रक्षेपण गरेअनुसार छैन । बिमा गराउनेहरुले यति धेरै विन्तिभाउ गरेर अनुरोध गर्छन् र पनि बिमा बिमितको संख्या उल्लेख्य छैन । यसको अर्थ बिमा गर्ने बारे अझै सचेतना पुगेको छैन ।

अर्कातिर विमा गरेकाहरुले नियमानुसार पाउनु पर्ने बिमा रकम सहज, सजिलो तबरले पाउँदैनन् भन्ने सन्देश पनि समाजमा छ । पसिनाको कमाइले गरेको बिमाको रकम फिर्ता पाउन पनि अनेकन झण्झट झेल्नु पर्ने भएपछि उसले अरुलाई गलत सन्देश त पु¥याइहाल्छ ।
कोरोना बिमा गरेकाले बिमाको रकम नपाएको ताजा उदाहरण त सबैमाझ छँदैछ ।

त्यसैले बिमा कम्पनीहरुले बिमा रकम फिर्ता सिघ्र, सहज र सरल तरिकाले दिएर सकारात्मक सन्देश प्रबाह गरेमा बिमा गराउन यति धेरै तेल बेसार घसिरहनु पर्दैनथ्यो कि ?

जीवन बिमाको तुलनामा निर्जिवन बिमाको रकम फिर्ता पाउनु झन सास्ती छ । दुख परेका बेला राहतको सास फेर्न पाइन्छ भन्ने आशाले मान्छेले सवारी साधन, पशुधन तथा खेती बालीको बिमा गर्छन् । दुख पर्ने कल्पना नगरेको भए बिमा गर्नुपर्ने कारण पनि किन पर्ने थियो र ? एउटा ज्वलन्त उदाहरण छ, सिरानचोक ४ छोप्राकका अम्बर पोखरेलले विमाको रकम नपाएको । छोप्राकमा ३० रोपनी क्षेत्रफल जग्गामा आलु लगाएका उनले आलुको विमा गरेका थिए ।

तर अहिले आलु खेती सबै नष्ट भएको तीन चार महिना भइसक्दा पनि विमा रकम पाउन सकेका छैनन् । ५ लाख ५६ हजारको विमा गरिएको तर बीमा बापत पाउनु पर्ने रकम नपाएको उनको गुनासो छ । विमा कम्पनीमा पटक पटक ध्याएको तर रकम आउने कुनै छाटकाट नदेखेको उनको भनाइ छ ।
त्यसैले बिमाको रकम सजिलोसँग बिमितलाई दिऔँ, बिमाप्रतिको धारणा सकारात्मक बनाऔँ ।

प्रतिक्रिया दिनुहोस्