
विमा रकम नपाएको किसानको गुनासो
गोरखामा किसानले विमा गरेबापतको रकम नपाएको गुनासो गरेका छ । सिरानचोक ४ छोप्राकका अम्बर पोखरेलले विमाको रकम नपाएको गुनासो गरेका हुन् । पहिलो पटक छोप्राकमा ३० रोपनी क्षेत्रफलमा आलु लगाए उनले जोखिम कम गर्नका लागि आलुको विमा गरेका थिए । तर अहिले आलु खेती सबै नष्ट भएको तीन चार महिना भइसक्दा पनि विमा रकम पाउन नसकेको बताए ।
५ लाख ५६ हजारको विमा गरिएको तर बीमा बापत पाउनु पर्ने रकम नपाएको उनको गुनासो छ । विमा कम्पनीमा पटक पटक ध्याएको तर रकम आउने कुनै छाटकाट नदेखेको उनले बताए ।
गोरखा पु्रडेन्सियल इन्स्योरेन्स नामक विमा कम्पनीमा पोखरलेले आलु विमा गरेको थियो । ‘मैले ३० रोपनी क्षेत्रफलमा लगाएको आलुको विमा गरेको थिएँ, तर यसपालि धेरै पानी प¥यो । त्यहिँमाथि धेरै आलु डढेका कारण आलु सबै सखाप बनायो’, उनले दरौदीलाई भने । गाउँपालिकाको कृषि प्राविधिक, कृषि ज्ञान केन्द्रको प्राविधिकहरु सबैले गएर सबैले अध्ययन गरे क्षतिको विवतरण बुझाउँदा समेत विमा कम्पनीले विमा उपलब्ध नगराएको उनको भनाइ छ ।
गत सालमा मंसीरमा रोपेको आलु फागुन चैत्रमा खन्ने गरिन्थ्यो । सोही अनुसार विमा अवधि चैत्र २० सम्म रहेको तर उनले पटक पटक कार्यालय धाउदा समेत आलु बाली सखाप भएवापतको विमा रकम पाउन नसकेको बताए ।
३० रोपनी क्षेत्रफलमा आलुको विउ किन्ने, रोप्ने, डयाङ बनाउने सबै गरेर पाँच लाख भन्दा बढी खर्च भएको उनले बताए । आलु विमा गरेका स्थानमा चेकअपका लागि विमा कम्पनीले आउने कुरा गर्दा गदै मकै बाली समेत लगाउन नपाएको उनले बताए । विमा कम्पनीले गर्दा आफुहरु मारमा परेको उनको भनाइ ।
पु्रडेन्सियल इन्स्योरेन्स कम्पनीले फिल्डमा एक जना सर्भे खटाइसकेको र उनले फिल्डमा प्रत्यक्ष रुपमा गएर अनुगमन, निरीक्षण तथा रिर्पोट संकलन काम गरिरहेको छ । साउन पहिलोहप्ता भित्रमा रिपोर्ट कार्यालयमा प्राप्त भएपछि सोहि रिपोर्टका आधारमा विमा रकम दिने नदिने सम्बन्धी निर्णय हुने पु्रडेन्सियल इन्स्योरेन्स कम्पनी काठमाडौले जनाएको छ ।




