| मङ्लबार, कार्तिक २४, २०८३

गोरखामा साउन ५ भित्र सबै पालिकामा कोभिड खोप लगाईने

साउन ५ गतेभित्र गोरखाको सबै स्थानीय तहमा कोभिड १९ बिरुद्धको खोप अभियान सुरु हुने भएको छ । चुमनुब्री र भीमसेन थापा गाउँपालिकामा खोप लगाउन बाँकी कोही पनि नभएको भन्ने बिवरण प्राप्त भएकाले अन्य पालिकामा मात्रै खोप अभियान चल्ने स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

स्वास्थ्य कार्यालयसँग अहिले १२ हजार मात्रा खोप बाँकी छ । यो खोप पालिकाहरुमा बितरण गरेर सर्वसाधारणलाई लगाइनेछ । ‘साउन ५ गतेभित्र सबै पालिकामा खोप लगाउने योजनामा छौँ’, स्वास्थ्य कार्यालय गोरखाका प्रमुख नरजंग ठकुरीले भने, ‘यसअघि कुनैपनि डोज खोप नलगाएका, बुस्टर डोज लगाउन बाँकी भएका सबैले अहिलेको अभियानमा खोप लगाउन सक्नेछन ।’

आईतवार जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यको अध्यक्षतामा बसेको बैठकले सबै स्थानीय तहलाई कोभिड बिरुद्धको खोप अभियान चलाउन अनुरोध गर्ने निर्णय गरेको छ । साथै बैठकले खोपको ब्यवस्थाप मिलाउन स्वास्थ्य कार्यालयलाई अनुरोध गर्ने, खोप अभियान सम्बन्धी सूचना सम्प्रेशण गर्ने, पालिकाको स्वास्थ्य शाखासँगको समन्वयमा स्वास्थ्य कार्यालयले खोप अभियानलाई प्रभावकारी बनाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्