| मङ्लबार, कार्तिक २४, २०८३

गोरखा नगरपालिकाको वडा–वडामा सोमवारदेखि कोभिड खोप लगाइने

गोरखा नगरपालिकाको वडा–वडामा कोभिड बिरुद्धको खोप लगाईने भएको छ । सोमवार र मंगलवार १४ वटै वडाको स्वास्थ्य केन्द्रमा कोभिड खोप लगाउन सुरु गरिने गोरखा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख इश्वर रेग्मीले बताए ।

कुनैपनि डोज खोप नलगाएका, पहिलो डोज मात्रै लगाएका, बुस्टर डोज लगाउन बाँकी भएका सबैले स्वास्थ्य संस्थामा सोमवार र मंगलवार खोप लगाउन सक्नेछन् ।

नगरपालिकाको स्वास्थ्य शाखाले खोप लगाउन बाँकी भएका सर्वसाधारणलाई नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेको छ । बुस्टर डोज लगाउन बाँकी भएकाहरुले खोप कार्ड साथमै लिएर आउन स्वास्थ्य संस्थाले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्